
काठमाडौं । पहिलो संस्करणको गोदावरी स्टिल्स कर्पोरेट क्रिकेट लिग टी-१० क्रिकेट प्रतियोगिताको उपाधि डोग्मा ग्रुपले जितेको छ । भेट्रान्स फोर्टी प्रालिले आयोजना गरेको प्रतियोगिताको फाइनलमा डोग्माले प्राइम बैंकलाई ६ विकेटले पराजित गर्यो ।
ललितपुरस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीको इण्डोर हलमा सम्पन्न खेलमा प्राइमले दिएको १०४ रनको लक्ष्य डोग्माले एक ओभर बाँकी हुँदै मात्र १ विकेट गुमाएर पूरा गर्यो । डोग्माका लागि ओपनर आश्रय बस्नेतले अर्धशतक प्रहार गर्ने क्रममा अविजित ५७ रन बनाउनुभयो जुन क्रममा उहाँले मात्र २४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्नुभयो । कप्तान सुमन सिजापतीले अविजित २७ रन तथा निश्चल रिमालले १३ रन बनाउनुभयो ।
यसअघि टस जितेर ब्याटिङ गरेको प्राइमका लागि नितेन मलेगोले २५, कृतार्थ शाक्यले २१, प्रवेश श्रेष्ठले अविजित १६ रन योगदान दिनुभएको थियो । डोग्माको बलिङतर्फ सगुन खड्का, र सुमन सिजापतीले समान १ विकेट लिनुभयो ।
प्रतियोगिताको सेमिफाइनलमा डोग्माले राष्ट्रिय वाणिज्य बैंकलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो सेमिफाइनलमा प्राइमले आइसिएफसी फाइनान्सलाई ६ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई बुधबार विशेष कार्यक्रम गर्दै पुरस्कृत गरिएको छ । लिगको विजेता र उपविजेतालाई ट्रफी प्रदान गरिएको छ । साथै विजेताले आगामी संस्करणमा निःशुल्क प्रवेश पाउनेछ ।
प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याटर र बलरले थाइल्याण्ड भ्रमणको प्याकेज पाएका छन् । उत्कृष्ट फिल्डर र विकेटकिपरले भने पोखराका लागि दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन् । चार दिनसम्म चलेको प्रतियोगितामा कुल २० टोलीको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच