
काठमाडौं । चलचित्र ‘कार्साङ’को ‘इन्डक्ल्याप’ गरिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको चलचित्रको छायांकन २२ दिन लगाएर पूरा गरिएको हो । चलचित्रको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्र यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको हो । चलचित्रका मुख्य कलाकारहरू केही दिनअघि चलचित्रको छायांकन सेटबाट क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो, जसमा अभिनेता दयाहाङ राई र नव-अभिनेत्री सिर्जना निङ्लेखु देखिनुभएको थियो । उक्त तस्वीरमा उनीहरूलाई रैथाने चरित्रमा रहेको अनुमान लगाउन सकिन्छ ।
दयाहाङ र सिर्जनाले चलचित्रमा जोडीको भूमिका निर्वाह गर्नुभएको छ । केही म्युजिक भिडियोमा काम गर्नुभएकी सिर्जनाको यो डेब्यु चलचित्र हो । सामाजिक कथावस्तुमा निर्माण हुने यो चलचित्रमा निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि थुप्रै सर्ट चलचित्र निर्देशन गरिसक्नुभएका शेर्पाको यो डेब्यु निर्देशकीय चलचित्र हो ।
यस चलचित्रमा दयाहाङ र सिर्जनासहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा हृयोल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय छ । बाल कलाकारमा राशी लिम्बु र सोहन थापाले अभिनय गर्नुभएको छ । चलचित्रको निर्माता पुरूषोत्तम प्रधान हुनुहुन्छ । चलचित्रमा उहाँकै डिओपी छ । चलचित्रका प्रोडक्सन म्यानेजर दिलीप पन्त हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच