दाङ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई तिहाइ सांसदहरूले मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका मुख्यमन्त्री आचार्यलाइ एमाले, कांग्रेस र पाँच वटा दलहरूका सांसदले मुख्यमन्त्री आचार्यलाई विश्वास मत दिएका हुन् ।
मुख्यमन्त्री आचार्यलाई एमालेका २९, कांग्रेसका २७, नाउपाका ४, जनमतका ३, लोसपाका ३, जनता समाजवादी पार्टीका २, जसपा नेपालका १ र स्वत्नत्र १ गरी ७० जना सांसदको मत प्राप्त भएको छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्दै आफ्नो नेतृत्वको सरकारकाले कुनै पनि प्रश्न उठाउने ठाउँ नदिएर काम गर्ने दाबी गर्नुभयो। प्रदेशको समृद्धिका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको भन्दै मुख्यमन्त्री आचार्यले समृद्ध प्रदेश निर्माण गर्ने सरकारको लक्ष्यलाई साथ दिन संसदमा रहेका सबै दलहरुलाई आग्रह समेत गर्नुभयो । ‘मेरो नेतृत्वको सरकारले कुनै पनि प्रश्न उठाउन नदिने गरी काम गर्ने छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो ‘यसका लागि तपाईँहरू सबैको साथ चाहिन्छ, यो सरकार सबै सँग हातेमालो गरेर प्रदेशमा समृद्धि ल्याउन चाहन्छ ।’
वर्तमान कांग्रेस एमालेको गठबन्धनले यो प्रदेश सरकारको नेतृत्व एमालेले पाउने गरी भागबन्डा टुङ्ग्याएका थिए । यो सहमति अनुसार यो प्रदेशमा एमालेका संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने तयारी गरिएको थियो । तर एमालेले दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय लिएको थियो । दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएपछि असन्तुष्ट बनेका दलका नेता गिरीले पदबाटै राजीनामा दिन’भएको थियो । एमालेले उहाँको राजीनामा स्वीकृत गर्दै केही दिन अघि मात्रै मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेको थियो ।
यसै गरी उहाँले प्रदेशको समग्र विकास गर्ने दायित्व सरकारको मात्रै नभई सबै दलका सांसदहरुको रहेको भन्दै प्रदेशको विकासका निम्ती दलीय प्रतिशोधको भावना कसैले पनि राख्न नहुनेमा जोड दिनुभयो । ‘प्रदेशको समग्र विकासको दायित्व सरकारको मात्रै नभई, हामी सबैको हो,’ उनले भने ‘प्रदेशको विकासको बाटोमा सबै सँगै हिँडौँ, राजनीतिक प्रतिशोधको भावना नराखौँ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता