लागु औषधसहित पक्राउ परेका दुई जना सार्वजनिक
Read Time = 2 mins
भोजपुर । भोजपुरमा प्रहरीले लागु औषध सहित दुई जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई मंगलवार लागु औषधसहित जिल्ला प्रहरी कार्यालय भोजपुरले सार्वजनिक गरेको छ ।
अरुण गाउँपालिका वडा नम्वर ४ स्थित मध्यपहाडी लोकमार्गमा लेगुवाघाटबाट भोजपुर तर्फ आउँदै गरेको को ६ प ४९६ नम्वरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना गराएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तिवारीभञ्व्याङबाट खटिएको टोलीले चालक र पछाडि रहेका अर्का साथीलाई पक्राउ गरेको र उनीहरुको चेकजाँचका क्रममा लागुऔषध जन्य सामाग्रीसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अरबिन्दकुमार साहले जानकारी दिनुभयो । उनीहरुलाई सोमवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याईएको हो ।
पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर १ का २० बर्षिय भोला राई र भोजपुर नगरपालिका वडा नम्वर १२ का २४ बर्षिय निकेश श्रेष्ठ रहेको प्रहरी निरीक्षक साहले बताउनुभयो । उनीहरुको साथबाट लागु औषध ट्रामाडोल एक हजार एक सय ६५, कोलिवन ट्याब्लेट एक हजार एक सय ७५ थान र प्रयोग गरेको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान जारी राखिएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts