-सरोज निरौला
उदयपुर । उदयपुरमा लागुऔषध सहित ३ युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-११ का १८ बर्षीय हुमन कार्की, १८ बर्षीय सम्बीर सुयल र अमृत नेपाली रहेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट बुप्रोनोर्फिन, प्रोमेथारजिन र डाइजापाम गरी ६५ एम्पुल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






