
काठमाडौं । सांगीतिक ब्याण्ड ‘१९७४ एडी ब्याण्ड’ जर्मनीमा गुञ्जिने भएको छ । २४ अगस्टमा जर्मनीको स्टुगार्टमा ब्याण्डले पहिलो कन्सर्ट गर्न लागेको ब्याण्डका व्यवस्थापक अनुज कार्की जानकारी दिनुभयो । ३०औं वर्षगाँठको अवसर पारेर विश्वयात्रा गरिरहेको ब्याण्डले यसअघि मे र जुन महिनामा अमेरिकाका आधा दर्जनसहर र जुलाई र अगस्टमा जापानका टोकियो र क्योटो शहरमा कन्सर्ट सम्पन्न गरिसकेको छ ।
जर्मनीको टुरपश्चात् ४ देखि २१ सेप्टेम्बरसम्म अष्ट्रेलियाका सात सहर यात्राको तयारी पनि भइसकेको ब्याण्डले जनाएको छ । जसअनुसार सेप्टेम्बर ४ मा ब्रिसबेन, ८ मा पर्थ, ९ मा मेलबर्न, १२ मा एडिलेड, १४ मा होबर्ट, १९ मा क्यानबेरा, र २१ मा सिड्नीमा कार्यक्रम हुने छन् ।
सन् २०१९ मा रियुनियन भएलगत्तै विश्वयात्रामा निस्किने तयारी गरेको भए पनि कोरोना महामारीका कारण रोकिएको यात्रालाई ३०औं वर्षगाँठको अवसरमा र विश्वभरका फ्यानसम्म पुर्याउन पाउँदा खुशी लागेको ब्याण्डका पर्कसनिस्ट सञ्जय श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार ब्याण्ड पुरानै लाइनअपमा अमेरिका लगभग २२ वर्षपछि पुगेको थियो । ३० वर्षको यात्रामा धेरै उतारचढाव झेलेको भए पनि अहिलेसँगै आफ्ना पुराना र नयाँ सबै फ्यानसँग एकैपल्ट जोडिन पाउँदा भिन्न अनुभव भएको ब्याण्डका संस्थापक तथा बेशिष्ट निराकार याकथुङ्बाले बताउनुभयो ।
३०औं वर्ष पुगेकै अवसरमा ब्याण्डले केही समयअगाडि आफ्नो ‘हजार सपना’ गीतको भिडियो पनि बनाएको थियो । आर्टमाण्डुसँगको सहकार्यमा बनाइएको उक्त भिडियो ब्यान्ड आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच