
एल बि मगर/हिटा
रोल्पा । मलेसियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडी रोल्पाका हेमन्त खत्रीलाई रोल्पाको रुन्टिगढी गाउँपालिकाले सम्मान गरेको छ । हालै मलेसियाको क्वालालम्पुरमा आयोजित छैटौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो ४० वर्षमुनिको प्रतियोगितामा नेपालबाट सहभागी भई स्वर्ण पदक प्राप्त गर्नुभएका खत्रीलाई एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष जनक पुनले दोसल्ला ओढाई प्रमाणपत्र दिँदै सम्मान गर्नुभएको हो ।
खेलाडी खत्रीलाई सम्मान गर्दै अध्यक्ष पुनले रोल्पाजस्तो विकट जिल्लामा जन्मेका खत्रीले खेलप्रतिको मिहिनेत र लगनशीलताका कारण रोल्पालाई मात्र नभई सिंगो नेपाललाई विश्वभर चिनाउन र विश्वसामु नेपालको शिर उच्च बनाउन सफल भएकोमा आफू र आफ्नो पालिका गौरवान्वित भएको बताउँदै खेलाडी खत्रीको उच्च प्रशंसा गर्दै उज्ज्वल भविष्य र थप प्रगतिको कामनासमेत गर्नुभएको थियो ।
अध्यक्ष पुनले पछिल्लो समय नेपालका खेलाडीहरूले विभिन्न खेलका विधामार्फत् नेपाललाई विश्वसामु चिनाउन सफल भएको प्रसंग जोड्दै आफूले आफ्नो पालिकामा पनि खेलकुद र खेलाडीहरूको विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा सम्मानपत्र ग्रहण गर्दै स्वर्ण पदक विजेता खेलाडी खत्रीले पालिकाले गरेको सम्मानले आफू खुसी भएको व्यक्त गर्नुभयो । उहाँले पालिकालाई धन्यवाद दिँदै पालिकाले गरेको सम्मानपत्रले आफूलाई खेलप्रति थप जिम्मेवार बन्न हौसला दिएको र आगामी दिनहरूमा पनि खेलकुद प्रतियोगितामा सहभागी हुने अवसर पाएमा रोल्पा र सिंगो नेपाललाई विश्वभर चिनाउन भरमग्दुर प्रयास गर्ने बताउनुभयो ।
खेलाडी खत्री रोल्पा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष तथा रोल्पा तेक्वान्दो संघ रोल्पाका अध्यक्षसमेत हुनुहुन्छ ।
गाउँपालिकाका अध्यक्ष जनक पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकाका प्रवक्ता तथा वडा नं. ९ का वडाध्यक्ष चेतलाल खत्री, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्वअध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, खेलकुद विकास समितिका विभिन्न पदाधिकारीहरूलगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच