बैतडीमा भन्सार छलीका सामान बरामद

डम्बर बोहरा बैतडी, संवाददाता

फाइल तस्बिर

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीबाट भन्सार छलीका सामग्री बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका-१० बाराकोटस्थित गोठलापानी-झुलाघाट सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५९ हजार ९७५ रुपैयाँ मूल्य बराबरका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

प्याज, दाल, मिश्री, चिनी, चियापत्ति, मिठाई, नरिवल, अचार, चप्पल, मेहेन्दी, अन्डरबेयरलगायतका भन्सार छलीका सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

ADVERTISEMENT

शनिबार बरामद गरिएका सामग्री आवश्यक कारवाहीका लागि आज महाकाली भन्सार कार्यालय झुलाघाट पठाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?