नवलपरासी । पश्चिम नवलपरासीमा गत आर्थिक बर्षमा ९ सय ३७ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका अनुसार ४ सय ८४ उद्योग र ४ सय ५३ बाणिज्य फर्महरु नया दर्ता भएका छन् ।
आर्थिक बर्ष २०८०/०८१ को जेष्ठ मसान्तसम्म ४ सय ७३ उद्योग दर्ता भएकोमा असार महिनामा ११ वटा गरि ४ सय ८४ वटा नया उद्योगहरु दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका नवलपरासीकाले जानकारी दिएको छ । त्यस्तै बाणिज्य तर्फ जेष्ठ मसान्तसम्म ४ सय ४४ वटा दर्ता भएकोमा असारमा ९ वटा गरि गत आर्थिक बर्षमा ४ सय ५३ वटा नयाँ फर्म दर्ता भएका घरेलु तथा साना उद्योग नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।
पौडेलका अनुसार उद्योग तर्फ सबै भन्दा बढी कृषि तथा पशुपालन फर्महरु दर्ता भएका छन । भने बाणिज्य तर्फ किराना तथा खाद्यान्न बिक्री पसलहरु धेरै दर्ता भएका छन ।गत आर्थिक बर्षमा नवलपरासीमा ४ सय ८४ वाट नयाँ उद्योगहरु दर्ता हुदा करिब २५ करोड ५० लाख रुपैयाको नया लगानी भित्र्याएको छ ।
भने बाणिज्य फर्म दर्ता ४ सय ५३ वटा नयाँ फर्महरु दर्ता हुदा करिब २६ करोड ५० लाखको नयाँ लगानी भएको देखिन्छ । यसरी हेर्दा नवलपरासीमा उद्योग र बाणिज्य फर्म गरि जम्मा ५२ करोड रुपैयाको नयाँ लगानी भित्र्याएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले जनाएको छ ।
व्यवसाय दर्ता गर्ने व्यवसायीहरु गत बर्ष भन्दा यस बर्ष कम देखिएका छन । पौडेल भन्नुहुन्छ, 'नवलपरासीको घरेलु तथा साना उद्योग कार्यालयमा गत बर्ष १ हजार २९ वटा व्यवसाय नया दर्ता भएका थिए । अहिले करिब ९ प्रतिशतले नया दर्तामा कमि आएको छ ।' ब्यवसाय दर्ता कम हुदा राजस्वसमेत कम उठेको छ ।
५ लाख सम्मको पुजी स्थानीय पालिकाहरुमा नै दर्ता हुन्छ भने पाच लाख देखी माथीको पुजी रहेन उद्योग तथा बाणिज्य फर्महरु घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने प्रवधान रहेको छ । नवलपरासीमा ३ नगरपालिका र ४ गाउँपालिका रहेका छन ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा