
काठमाडौं । यही भदौ १४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तुबारे जानकारी दिन्छ । चलचित्रको ट्रेलर प्रेम, धोका र द्वन्द्व समावेश छ । अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्यबीचको प्रेम र धोकाको कथामा चलचित्र केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ ।
मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्रमा आँचल र विवेकसँगै विजय लामा, किरण केसी, अंशु महर्जन, गरिमा शर्मा, विजु पार्की, सरिता लामिछाने, सृष्टि खड्का, हिउँवाला गौतम, रविन्द्र खड्का, कुसुम शर्मा, हिमेश पन्तलगायतको पनि अभिनय छ ।
विवेकले यही चलचित्रबाट डेब्यु गर्नुभएको हो । चलचित्रमा जानुका थापा निर्माता एवम् डा.अमित रिजाल कार्यकारी निर्मातामा हुनुहुनछ । सुदीप बरालको डिओपी रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत तथा प्रदीप भारद्वाजको लेखन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच