काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ को सिनेमाघरमा आउने मिति परिवर्तन गरिएको छ । संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट प्रदर्शन आउन लागेको चलचित्रको प्राविधिक कार्य नसकिने भएपछि प्रदर्शन पोष्टपोण्ड गर्न लागेको अभिनेत्री नीता ढुंगानाले जानकारी दिनुभयो ।
च्लचित्रको मुम्बईमा पोष्ट प्रोडक्सनको काम भइरहेको छ । असोज ३ गते प्रदर्शन गर्नेगरी निर्माण टिमले विभिन्न चरणमा पोस्टरसहित एक गीत ‘उठेर नाचिस्यो’ सार्वजनिक गरेको थियो । चलचित्र अब तिहारपछि रिलिज गर्ने योजनामा निर्माण टिम छ । द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशन रहेको ‘ह्रस्व दीर्घ’ मा नेपाली र भारतीय कलाकारले भरिएका छन् ।
चलचित्रमा नेपालबाट नीता ढुंगाना, हरिहर अधिकारी, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, गरिमा शर्मा, बुद्धि तामाङलगायतको अभिनय छ भने साउथबाट ब्रहृमानन्दम, अली, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनील वर्मा र कबीर दुहन सिंहको मुख्य भूमिका छ । नीता फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रको कार्यकारी निर्मातामा धनन्जय गलानी हुनुहुन्छ ।
हरिहर अधिकारीको कथा एवं प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका ‘भेट्रान’ छायांकार कवीरलालले छायांकन गर्नुभएको हो । चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुन लागेको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा