काठमाडौं । चलचित्र ‘देववाणी’ आगामी मंसिर ७ गते सिनेमाघरमा आउने भएको छ । बाबु साहेब बलामी निर्देशित चलचित्रले बिहीबार एक पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मितिका बारेमा जानकारी दिएको हो । पोस्टरमा चलचित्रका प्रमुख नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चालाई फिचर्ड गरिएको छ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी, मौसम पौडेललगायत कलाकारको अभिनय छ ।
चलचित्रमा निराजन मेहता मञ्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत र बन्दे प्रसादको सम्पादन छ । मीना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुनुहुन्छ । चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।






