मकवानपुर । मकवानपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका - ५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मंगलबहादुर पाख्रिन रहेका छन् ।
२८ गते साँझको समयमा पाख्रिनले २० वर्षीया लक्ष्मी पाख्रिनको हत्या गरी कालिखोलास्थित सामुदायिक बनमा गाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीको अनुसार श्रीमती लक्ष्मी पाख्रिनलाई आफ्नै घर भित्र धारिलो हतियार बन्चरो प्रहार गरी शवलाई ११ वटा टुक्रा पारी दुई वटा बोरामा हालेर कालीखोला स्थित सामुदायिक वनमा खाल्डो खनी गाडेको कपडाहरु लास गाडेको स्थान भन्दा केही अगाडि बोरामा हाली खाल्डो खनी गाडेको अवस्थामा फेला परेको हो।

घटनामा प्रयोग भएको धारिलो हतियार बन्चरोको बिड फुकाली घर भन्दा पुर्व तर्फ खाल्डो खनी गाडेको भनि प्रारम्भिक अनुसन्धानमा खुल्न आएकोले प्रहरीले जनाइएको छ।
मृतकको गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो र कपडाहरु समेत खाल्डोबाट निकाली पाख्रिनलाई पक्राउ गरिएको जनाएको छ।
पक्राउ परेका उनीमाथि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts