पहिरोका कारण गमगढी-तारापानी-सोरुकोट सडक २ हप्ता देखि अवरुद्ध

निर्पेन्द्रबहादुर मल्ल
Gamgadhi sadak-Soru
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 5 mins

मुगु । पहिरोले सडक लगेपछि गमगढी - तारापानी - सोरुकोट सडक २ हप्ताबाट अवरुद्ध भएको छ ।

सोरु गाउँपालिका वडा न ८ मा रहेको आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोले सडक नै लगेपछी २ हप्ता देखि गमगढी-सोरुकोट सडक अवरुद्ध हुँदै आएको हो । आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट आएको पहिरोले सडक नै लगेपछी २ हप्ता देखि गमगढी-सोरुकोट सडक अवरुद्ध छ ।

सडक अवरुद्ध भएपछी सिङ्गो सोरु गाउँपालिकाका जनतालाई जिल्ला सदरमुकामसम्म र सदरमुकामबाट सोरु गाउँपालिका तिर आउजाउ गर्न समस्या हुँदै आएको छ ।

पहिरोले करिव १० मिटर सडक लगेर नाम निसान राखेको छैन । अहिले मानिसहरु गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउसम्म आउने र त्यहाँबाट पहिरोलाई छल्दै दौडेर पहिरो पार गरि पारिपट्टी रहेका सोरुकोट तारापानीबाट आएका जिप चढेर जाने आउने गर्दै आएका छन् ।
तन्नेरी युवा युवतीहरु त माथिबाट खस्ने माटो,ढुङ्गा छल्दै १०० मिटर पहिरो पार गर्दै आएका छन् तर महिला, बालबालिका, जेष्ठ नागरिक र अशक्त, विरामीहरुलाई भने पहिरो पार गर्न कठिनाइँ हुँदै आएको र सोरुबासीहरु सो स्थानमा जोखिमपूर्ण यात्रा गरिरहेको सन्चारकर्मी सर्जन बहादुर शाहीले जानकारी दिनुभयो ।

सन्चारकर्मी शाहीकाअनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्ना देखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर साना तिना पहिरा हटाएर पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन सकिदैन भनेर स्काभेटर फर्किएको थियो ।

ADVERTISEMENT

गमगढी - तारापानी - सोरुकोट र तारापानी- धैन-दोमुख सडक कर्णाली प्रदेश सरकार मातहतको सडक हो । बर्षाको बेला आउने अवरोध हटाउने र सडक स्त्तरौन्नती, सुरक्षित र मापदण्ड अनुसार बनाउने जिम्मेवारी कर्णाली प्रदेश सरकारको भएपनी त्यो तर्फ कर्णाली प्रदेश सरकारको ध्यान नदिँदा बर्सेनि सडक अवरुद्ध हुँदा सोरुबासीहरु जोखिम मोल्न बाध्य छन् ।

सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले भन्नुभयाे,  'एक त गाउँपालिका त्यसमा पनि आउने न्यून बजेटले १०० मिटर भन्दा चाख्लो पहिरो पन्छाएर सडक बनाउन बजेटले पुग्दैन । गत वर्ष पनि त्यहीँ ठाउमा ठूलो पहिरो गएकाले जनताको अन्य विकास योजना काटेर सामान्य सडक खुलाइयो तर यो चोटि कसरी पहिरो पन्छाउने ।'

आफ्नो मातहतको सडक भएपनि कर्णाली प्रदेश सरकार कानमा तेल हालेर बसेकोले जनताले दुःख पाउनुपरेकाे उहाँले बताउनुभयाे । वर्षा रोकिएपछी पहिरो पन्छाउने र सडक बनाउने तिर गाउँपालिका लाग्ने अध्यक्ष शाही बताउनु हुन्छ ।

सडक अवरुद्ध हुँदा गमगढि बजारबाट व्यापारको लागि सोरु गाउँपालिका तिर लिइने दैनिक उपभोग्य सामान तथा निर्माण सामाग्रीहरुको ढुवानी लागत बढ्दा सोरुबासीहरुले चर्को मुल्यमा सामान किन्नु परिरहेकाेछ ।

गमगढी - तारापानी २३ किमि सडक बेलायती सहयोग नियोग डिफिटको आथिक सहयोगमा ग्रामिण पहुच कार्यक्रम (र्याप थिरी) ले बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गरेको सडक हो । प्रदेश सरकारलाई हस्तान्तरण गरेदेखी हस्तान्तरण मै सिमित छ । प्रदेश सरकारले सडक विस्तार, स्तरउन्नति तथा अन्य सुधारका काममा ध्यानै दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *