मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख र चिनियाँ सिमा नाका प्रमुखबीच भेटवार्ता

निर्पेन्द्रबहादुर मल्ल
निर्पेन्द्रबहादुर मल्ल
Read Time = 3 mins

मुगु । चीन र नेपालसंग सिमा नाका जोडिएका स्थानिय प्रमुखहरुबीच भेटवार्ता भएको छ ।

चीनको ह्यजिमारमा चलिरहेको हाटबजारमा मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख र चीनका नाका हेर्ने प्रमुखबीच भेटवार्ता भएको हो ।

शनिवार (१० अगष्ट २०२४) मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख छिरिङ्ग क्याप्ने लामा र मुगु, डोल्पा, हुम्ला हेर्ने चिनियाँ अधिकारी शुचिबीच वान टु वान भेटवार्ता भएको टोलीमा सहभागी मुगुम कार्मारोङ्ग गाउँपालिकाका सुचना तथा प्रविधी अधिकृत सोबेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।

सुचना अधिकृत मल्लकाअनुसार भेटवार्तामा पालिका प्रमुखले नाग्चेलाग्ना नाका चीन र नेपालको परम्परागत नाका भएकोले सिमासम्म दुबै देशले सडक पुर्याइ यहाँ आवश्यक रहेका पुर्वाधार बनाइ दुबै देशका जनतालाई सहज बनाउन स्थायी रुपमै नाका खोल्न हामी नेपाल सरकारसङ्ग पहल गर्छौ हजुरहरुले पनि चिनियाँ सरकारसंग पहल गर्नु पर्यो भनेर प्रस्ताव गर्नु भएको थियो ।

ADVERTISEMENT

सिमा नाका हेर्ने स्थानिय चिनियाँ अधिकारी सुचिले पालिका प्रमुखको प्रस्तावलाई स्विकार गर्दै आफुले पनि नेपालसङ्गको १३ नं. पिल्लर रहेको चिनियाँ नाकासहित अन्य नाका स्थायी रुप मै खोल्न र सडकलगायत अन्य पुर्वाधार बनाउन पहल गर्ने प्रतिवद्धता गरेको पनि सुचना प्रविधी अधिकृत मल्लले जानकारी दिनुभयाे ।

मुगुम कार्मारोङ्ग गाउँपालिका प्रमुख छिरिङ्ग क्याप्ने लामासहितको नेपालको टोली शनिवार चीनको ह्यजिमार पुग्दा चिनियाँ सिमा अधिकारी शुचिसहितको टोलीले टसि खातासहित चिनियाँ परम्परा अनुसार स्वागत गरेका थिए ।

कोरोना समय देखि ५ वर्ष बन्द रहेका नेपाल चीनका ८ परम्परागत नाका यो वर्ष चीनले १५ दिनका लागि खोली दिएको छ । १५ दिनको यो अवधीमा चीनले सिमा नाकामा हाट बजार लगाएको छ । हाट बजार साउन १७ गतेबाट शुरु भै ३१ गतेसम्म चल्नेछ ।

चीनको भुभाग ह्यजिमारसम्म समथल रहेकाले सवारी साधनहरु नाकासम्मै आउने गर्दछन तर मुगु जिल्ला सदरमुकाम गमगढीबाट नाग्चेलाग्नासम्म रहेको ८७ किमि सडक दुरि मध्य १७ किमि मात्र ट्रयाक खोलिए पनि बाकी दुरि पैदलै पार गर्नु पर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?