मुगु । विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ ।
सोमवार छायाँनाथ रारा नगरपालिका ( २ चैन गाउँमा रहेको छायाँनाथ मन्दिरमा रहेका शिवजीको गाथ (मूर्ती) पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकार्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ धाम तिर लगेपछि छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको हो।
हरेक बर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाकोप्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्यूको मुर्ति पवित्र धाम छायाँनाथमा लगिएसंगै छायाँनाथ धाम तीर्थ यात्रा शुरु भएको मानिन्छ।
सोमबार लगिएको शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि मुगु लगायत, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका धामी झाँक्रीसहित तीर्थालुहरु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन् ।
जनैपूर्णिमामा छायाँनाथमा ५ दिनसम्म पुजापाठ, होम ब्रत हुने गर्दछ भने बरदान माग्न देशका विभिन्न जिल्लाबाट तीर्थालुको ओइरो लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी सनतकुमार हमालले बताउनु भयो ।
महादेवले सतिदेवीको शवलाई घुमाउँदै लैजाने क्रममा छायाँनाथ पुग्दा सतीदेवीको अन्तिम शेष छायानाथमा पतन भएकाले विश्वका चारवटा धाम मध्ये छायानाथलाई जेठो धामका रुपमा मानेर देश भरिका हिन्दु धर्मालम्वीहरुले साउन शुक्ल पुर्णिमाका बेला दर्शन गर्न आउने, पाप कट्टा हुने र मनले सोचेको कुरा पुरा हुने विश्वासले छायानाथ दर्शन गर्न पुग्ने गरेको पुजारीहरुको भनाई छ ।
छायाँनाथ जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध, र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन्। कोही नया धामी बनेर आउने गरेका छन् भने कोही देवतालाई शुद्धी गर्ने, घण्ट,माला पवित्र बनाउन जाने गरेका छन् ।
हिन्दु धर्मावलम्बीहरुको पवित्र ४ धामहरु मध्य छायाँनाथ धाम सबैभन्दा उच्च स्थानमा रहको छ ।
विहीबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडी पूर्णिमाको पछिल्लो दिनमा फर्किनेछ। यसैबीच भोलि मंगलबार नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल रिणिमोक्क्ष धाममा ३३ कोटि देवता र अप्सराका गाथ (मूर्ति) लिएर तिर्थालुहरु जाने भएका छन्। त्यहाँ पनि मुगु लगायत जिल्ला बाहिरका तिर्थालु दर्शन गरी आउने गर्दछन् ।
छायानाथको गाथ लिने दिन भन्दै छायानाथ रारा नगरपालिकाले सोमबार मातहतका कार्यालयहरुमा सार्वजनिक विदा दिएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts