काठमाडौ । एघारवटा तीन गीत एकै मञ्चमा सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय नाँचघर जमलमा आयोजित एक कार्यक्रममा एघारवटै गीतका सर्जकको उपस्थितिमा गीतहरूको सामूहिक विमोचन गरिएको हो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले मौलिकपनले भरिएका गीत सामूहिक रूपमा विमोचन गर्न पाउँदा खुशी लागेको सुनाउनुभयो ।
कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले सामूहिक रूपमा सार्वजनिक भएका ११ मौलिक तीज गीतका सर्जकलाई बधाई दिनुभएको थियो । यस्तै, विशिष्ट अतिथि तथा वरिष्ठ गायक सांस्कृतिक अध्ययन तथा खोज अनुसन्धान परिषद्का अध्यक्ष बमबहादुर कार्कीले पछिल्लो समय गीतमा विकृति आएका बारे निकै सुनिरहेको तर विकृति गीतमा मात्रै होइन संस्कृतिमै रहेको भन्दै आफूहरूले अध्ययन गरिरहेको बताउनुभयो ।
वरिष्ठ गायिका तारा थापाले आजभन्दा ५३ वर्षअगाडि गाएको गीतलाई स्मरण गर्दै अहिले आईरहेका गीतमाथी विमर्श गर्नुभया । वरिष्ठ गायिका शर्मिला गुरुङले पछिल्लो समय तीज गीतका नाममा जथाभावी प्रकारका गीत सार्वजनिक भइरहेकोमा दुःख व्यक्त गर्नुभयो ।
यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले मौलिक गीतलाई उद्धार गर्ने काम राष्ट्रिय लोक सञ्चारकर्मीले गरेको जिकिर गर्नुभयो । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले संस्थाले नेपाली कला संस्कृति जोगाउन सधैं आवाज उठाउँदै आएको र आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमको आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सार्वजनिक एघारवटा मौलिक तीज गीतमा शान्तिश्री परियारको स्वरमा ‘काली पसम की’, सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘सीताका माईती’, शर्मिला गुरुङ र कमला पोखरेलको स्वरमा ‘बाबाको आँगनी’, राधिका ढकाल, शारदा रसाइली र कोपिला तामाङ वाइवाको स्वरमा ‘सारी लरक्कै’, शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वरमा ‘फेरि आयो तीज’, खुमन अधिकारी र कल्पना पराजुलीको स्वरमा ‘कालो कपाल पारेर फरर’, उमा श्रेष्ठको स्वरमा ‘मैदानैमा ताल’, सुनिता बुढा क्षेत्रीको स्वरमा ‘चेलीलाई माइती’, सरस्वती लामिछानेको स्वरमा ‘सैनाले दिएको ऐना’, अनिता चलाउने र खेम सेन्चुरीको स्वरमा ‘म राम्रो कि उ राम्रो भन्देऊ’ र शान्तिश्री परियारको स्वरमा ‘यसपालिको तीज रमाइलो’ रहेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा