दाङ । प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका– ४ ठुलाखाली गाउँबाट तीन जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रामप्रसाद तिमल्सिनाका अनुसार पक्राउ पर्ने व्यक्ति तुलसीपुर उपमहानगरपालिका– ४ सुनवलपुर बस्ने वर्ष ३६ को टंक थापा र सोही ठाउँ निवासी २९ वर्षीय युवराज गिरी हुन् ।
प्रहरीका अनुसार गादिबरा सामुदायिक बनमा शंकास्पद रुपमा हिँडिरहेको अवस्था भरुवा बन्दुक र त्यसमा प्रयोग हुने २१ राउन्ड छर्रासमेत बरामद भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको अनुसन्धान गरिरहेको छ। यस्तै राजपुर गाउँपालिका–४ फोहरा निवासी इच्ढा कुमार रैदासलाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
शक्ति सामुदायिक वनमा भरुवा बन्दुकसहित शिकार खेल्न जाँदै गरेको अवस्थामा इलाक प्रहरी कार्यालय गढवा र प्रहरी चौकी चङगुवा दाङबाट संयुक्त रुपमा खटिएको गस्ति टोलीले एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय गढवाले घटनाको अनुसन्धान गरिरहेको छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता