काठमाडौं । माछापुच्छ्रे बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता भएको छ । इक्यानमा आबद्ध व्यवसायी र इक्यानमा आबद्ध शैक्षिक परामर्श केन्द्रमार्फत् अध्ययनका लागि विभिन्न देश जाने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा र एजुकेसन लोन उपलब्ध गराउनेलगायतका विषयमा दुई पक्षबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा इक्यान झापाका अध्यक्ष रोशन सुवेदी तथा माछापुच्छ्रे बैंकका सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार क्यान झापामा आबद्ध परामर्शदाताको सिफारिसमा सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्टमार्फत् विभिन्न शुल्क भुक्तानीलगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts