काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै छ। आज ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ।
यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ। नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूलढोकामा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गरिन्छ ।
सोही अवसरमा आज राजधानीको नक्साल नागपोखरी, ललितपुरको नागदह र भक्तपुरको नागपोखरीमा पूजाआजा गर्ने श्रद्धालुहरूको बिहानै देखि भीड लागेको छ । 












This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts