
दाङ । औलो संक्रमणबाट दाङमा एक जनाको मृत्यु भएको छ ।
राजपुर गाउँपालिका–७ निवासी २५ बर्षिय डिलशा बुढाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । बुढाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले पुष्टि गर्नुभयो । प्रमुख आचार्यका अनुसार टिएफ मलेरिया अर्थात कडा खालको औलो संक्रमणका कारण बुढाको मृत्यु भएको हो।
प्रमुख आचार्यका अनुसार एक दशक यता नेपालमा औंलो संक्रमणबाट मान्छेको मृत्यु नभएको, यो घटना सम्भवतः पहिलो हो । बुढालाई कडा खालको ज्वरो आएपछि मात्रै घर परिवारका सदस्यले उपचारको लागि अस्पताल पु-याएका थिए । उहाँलाई बेहोस अवस्थामा अस्पताल पु-याइएको वुझिएको छ । अस्पताल पु-याउन ढिलाई भएका कारण बुढाको मृत्यु भएको हो।‘औलो उपचार पछि निको हुन्छ । अस्पताल पु-याउन ढिलाई हुँदा बिरामीको अवस्था जटिल भएको देखिन्छ’स्वास्थ्य कार्यालयका प्रमुख आचार्यले भन्नुभयो,‘केही दिन अघि बुढाको नन्दको पनि मृत्यु भएको थियो। त्यो मृत्यु औंलोबाट भएको हो होइन भन्ने बारेमा पुष्टि भने हुन सकेको छैन।’
भैंसाही नाकामा औलो संक्रमण फैलिएपछि स्वास्थ्य कार्यालय दाङ र राजपुर गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। नेपालको बाटो भएर घटनास्थलमा जान नसक्ने अवस्था भएपछि कोइलावास नाका भएर भारतको बाटो हुँदै भैंसाही नाकामा स्वास्थ्यकर्मीको टोली जान थालेको छ ।
‘बाटो राम्रो भएको भए बिरामीलाई उपचारको लागी दाङको अस्पताल ल्याउन सकिन्थ्यो। बाटो राम्रो नभएकै कारण भारतको बाटो भएर बाँके लगिएको थियो। हामी पनि उपचारको लागि जाने टोली कोइलावासबाट भारतको बाटो भएर जाँदैछौं’गढवा स्वास्थ्य शाखा प्रमुख कमल रोकायले भन्नुभयो,‘औषधी उपचार सहित, परिक्षणको सामाग्री लिएर जाँदैछौं।’ भैंसाही नाकामा ज्वरो आएका बिरामी दश जना भन्दा बढी छन्। औलो संक्रमण फैलिएकाले उपचार टोली परिचालन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच