चितवनमा माेटरसाइकलकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यू

होमनाथ सापकोटा चितवन, संवाददाता
होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 1 min

चितवन । चितवनकाे कालिका नगरपालिका वडा नं-६ स्थित नगरपालिका चोकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

खोलेसिमल बजारबाट क्लब चोकतर्फ जाँदै गरेको ना ६५ प ६९९नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ७० वर्षीय शिवनारायण श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हाे ।

ADVERTISEMENT

दुर्घटनामा दाहिने खुट्टा, पेट र नाकमा चोट लागेर गम्भीर घाइते भएका कालिका नगरपालिका वडा नं-६ बस्ने श्रेष्ठको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा सोमबार बिहान ०१ः२१ बजे मृत्यु भएको हो ।

मोटरसाइकल चालक इच्छाकामना गाउँपालिका वडा नं-७ बस्ने २३ वर्षीय विराज तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज