धादिङ । सुख्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड सञ्चालनमा आएको छ ।
धादिङको गजुरी गाउँपालिका-५ पाेखरेखाेलामा सुख्खा पहिरोका कारण अवरुद्ध बनेको राजमार्ग पहिरो पन्छाए पछि दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम केसीले जानकारी दिनुभयो ।
सुख्खा पहिरोमा परि धादिङबेंसीबाट काठमाडौं तर्फ जादै गरेको बागमती प्रदेश ०१-००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बसमा क्षती पुगेको थियो । माइक्रोमा सवार ७ जना भन्दा बढी यात्रुहरु घाइते भएका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता