सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पद तथा गोपनियताको शपथ लिनुभएको छ। मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेपाली कांग्रेसको तर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष शपथ ग्रहण गर्नुभएको हो ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढाले पद तथा गोपनियताको सपथ लिनुभयो ।
नेकपा एमाले नेतृत्वको सरकारमा सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो । नवनियुक्त मन्त्रीहरूले आइतबार नै पदभार ग्रहण गरेका छन् ।
सोमबार विश्वासको मत
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने हुनु भएको छ । कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिने हुनु भएको हो ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । कँडेलले नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्नुभएको छ ।
विश्वासको मतका लागि शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता भइसकेमो छ । कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।
मुख्यमन्त्री कँडेलले आफ्नो कार्याकालमा दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको छ । पहिलोपटक उहाँले गत वैशाख १३ गते संसद्बाट विश्वासको मत पाउनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts