‘हिँड्न नपर्ने गोरेटो’ डी.आर.पोखरेलको निबन्धसङ्ग्रह हो । पोखरेल एकजना बौद्धिक साहित्यकार मानिनुहुन्छ । ओखलढुङ्गाको रुम्जाटारमा जन्मिनुभएका पोखरेल हाल चितवनमा बस्तै आउनुभएको छ । वामपन्थी राजनीतिक विचारबाट प्रभावित पोखरेल सुरुमा राजनीतिमा पनि संलग्न रहनुभएको थियो । पछि बौद्धिक लेखनका कार्यमा संलग्न हुन थाल्नुभयो र राजनीतिप्रति सक्रिय हुन छोड्नुभयो । उहाँका एक दर्जनजति पुस्तकहरूमध्येको यो एक हो । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान, नेपाल प्रकाशक रशेको पुस्तकको आर्थिक प्रभावी भनेर ‘हाम्रो भद्रकाली रेष्टुरेण्ट’का दुर्गाप्रसाद गौतम र सुमित्रा नेपाल गौतमलाई सचित्र उल्लेख गरिएको छ ।
सर्वाधिकार लेखकमा रहेको यो पुस्तक १००० को संख्यामा छापिएको छ र भूमिका खण्डमा १२ र पाठ्यखण्डमा ११० गरी जम्मा १२२ पृष्ठ छ भने मूल्य १२५ रुपैयाँ छ । डिएमआई साइजको पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग छ र छपाइ स्तरीय छ । अशुद्धिहरू कमैमात्र छन् । कालिका कम्प्युटर सर्भिस नारायणगढमा टङ्कन भएको यस पुस्तकको मुद्रण भने कालिका छापाखाना न्यूरोड नारायणगढमा भएको छ । पुस्तकको आवरण आकर्षक छ । माथि आकाश र बादल, त्यसमुनि पहाइ, रुखबोटबिरुवा र खेती गरिएको बारी तथा एउटा सानो घर पनि यहाँ देखिन्छ । माथि साना अक्षरमा लेखकको नाम छ भने तल ठूला सेता अक्षरमा पुस्तको शीर्षक दिइएको छ ।
पृष्ठआवरणमा फोटोसहित लेखकको सामान्य चिनारी दिइएको छ । उहाँ २०११ सालमा ओखलढुङ्गाको रुम्जाटारमा जन्मिनुभएको र हाल भरतपुर–१० चितवनमा बस्तै आउनुभएको उल्लेख छ । उहाँका अनुवाद र मौलिक लेखनसमेत गरी एक दर्जन जति पुस्तकहरू प्रकाशित भएको जनाइएको छ । उहाँले इतिहास, संस्कृति, समाजशास्त्र, जीवनीलगायत विधामा कलम चलाउनुभएको थाहा हुन्छ । त्यसैगरी उहाँले थारू, हायु, चेपाङलगायत विभिन्न जनजातिसम्बन्धी अध्ययन र अनुसन्धान गरी प्रतिवेदनसमेत तयार गर्नुभएको जानकारी दिइएको छ । यही पृष्ठको तल प्रकाशक संस्था ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान, नेपालको लोगोसहित नाम उल्लेख गरिएको छ ।
भूमिका खण्डमा प्रकाशकीय, गोविन्दराज विनोदीको ‘हिँड्न नपर्ने गोरेटोका स्रष्टालाई शुभकामनाका दुई शब्द’, डा.बालकृष्ण थापाको ‘यस्तो पो कृति’ तथा लेखकीय रहेका छन् । यसपछि विषयसूची छ । यसबाट जानकारी भएनुसार पुस्तकमा उहाँका ३१ वटा निबन्धहरू समेटिएका पाइन्छन् ।
निबन्ध भावमूलक विधा हो । पात्र र कथानकको आवश्यकता नपर्ने भाव तथा विचार केन्द्रित विधा भएका कारण निबन्धबाट आफ्नो मनको भाव अभिव्यक्त गर्न सजिलो ठान्ने साहित्यकारमध्ये पोखरेल पनि पर्नुभएको छ । प्रबन्धसँग निकट रहने वस्तुपरक निबन्धलाई भन्दा आत्मपरकतालाई उहाँले आत्मसात गर्नुभएको छ ।
पोखरेलका यस पुस्तकमा समेटिएका निबन्धहरू शीर्षकका आधारमा दुई शब्ददेखि नौवटा शब्दहरूका छन् । निबन्धको फैलावट हेर्दा उहाँका निबन्धहरू दुई पृष्ठदेखि दश पृष्ठसम्मका छन् तर दश शब्दको लामो निबन्ध एउटामात्र छ र अरू केही चार,पाँच र छ पृष्ठका छन् भने अधिकांश निबन्ध तीन पृष्ठका छन् । यस अर्थमा उहाँ छोटाछोटा निबन्ध लेख्न रुचाउने निबन्धकार हुनुहुन्छ भन्ने थाहा हुन्छ । उहाँका यस पुस्तकमा समेटिएका निबन्धहरू विविध विषयमा लेखिएका छन् । साहित्य, संस्कृति, कला, सामाजिक जीवन, दैनिक व्यवहार, चिन्तन, दर्शन तथा राजनीतिक विषयमा यी निबन्धहरू केन्द्रित छन् । पोखरेल राजनीतिक विचारबाट डोहोरिएको व्यक्ति भएका कारण धेरैजसो निबन्धहरू राजनीतिक विषयमै लेखिएका छन् ।
निबन्ध भावमूलक विधा हो । पात्र र कथानकको आवश्यकता नपर्ने भाव तथा विचार केन्द्रित विधा भएकाले निबन्धबाट आफ्नो मनको भाव अभिव्यक्त गर्न सजिलो ठान्ने साहित्यकारमध्ये पोखरेल पनि पर्नुभएको छ । प्रबन्धसँग निकट रहने वस्तुपरक निबन्धलाई भन्दा आत्मपरकतालाई उहाँले आत्मसात गर्नुभएको छ । यो पुस्तक केही वर्षअगाडि नै प्रकाशित भएकाले हालसम्म उहाँका अन्य पुस्तकहरू पनि प्रकाशित भइसकेका होलान् भन्ने कुरामा विश्वास गर्न सकिन्छ । यस पुस्तकका लागि डी.आर.पोखरेललाई बधाई तथा आउँदा दिनहरूमा यसरी नै विविध विषय समेटिएका साहित्यिक तथा गैरसाहित्यिक पुस्तकहरू आइरहून् । हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच