हेटौंडा । प्रहरीले लागुऔषध चरेश सहित दुई जनालाई पक्राउ गरेको छ। हेटौंडा-१५ चुरीयामाइ नजिकै पिपल चौतरा रातोमाटेबाट १० किलो २५० ग्राम लागुऔषध चरेशसहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा जिल्ला पर्सा सखुवा प्रसौनी गाउँपालिका - १ बस्ने २६ वर्षीय हरि गौरब र जिल्ला नवलपरासी पण्डितपुर बनगरिया गाउँपालिका - १ बस्ने ४३ वर्षीय अनिल भर चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौडाबाट पथलैयातर्फ जादै गरेको ना.६ ख ५८३९ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार भई आएका शंका लागि शरीर तथा झोला समेतको खानतलासी गर्दा निजहरुले बोकी ल्याईएको झोला भित्र कार्टुन टेपले बेरी चारपाटे आकारमा लुकाई छिपाई गरी राखिएको अवस्थामा लागुऔषध चरेश १० किलो २५० ग्राम फेला परेको हो।
उक्त लागुऔषधसहित निजहरु अनिल भर चौधरी र हरि गौरवलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरी जनाएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts