गुल्मी । गुल्मी जिल्लाकाे धार्मिक तथा ऐतिहासिक तपोभूमी एवम् पर्यटकीय स्थल रेसुङ्गमा रहेको "रेसुङ्गा यज्ञशाला" आकर्षक तरिकाले सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित छ ।
रेसुङ्गाकै ठूलो मन्दिर यज्ञशालाभित्र हवन कुण्डमा अखण्ड अग्नि प्रज्वलित भइरहन्छ । श्रावण महिनामा यस क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ ।






