
झापा । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले कांग्रेस एमाले बीच अन्तर्यमा भएको सहमति अझै गोप्य राखिएको आरोप लगाउनु भएको छ । अन्तर्यको सहमति भनेर के संकेत गर्न खोज्नु भएको हो, त्यो भने उहाँले खुल्लस्त पार्नु भएन।
" जनताको दबाब र धेरै दिनपछि कांग्रेस एमाले बीच भएको सात बुँदे सहमति बल्लतल्ल सार्वजनिक भयो" बिहीबार झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो," सात बुँदे सहमति सार्वजनिक गर्न गरिएको ढिलाईले नै कांग्रेस एमाले बीच अन्तर्यमा सहमति भएको प्रष्ट हुन्छ ।" विदेशी शक्तिले नभई जनताको अहित र कुभलो सोच्ने, मुलुकको स्वार्थ समूह, कुलघरना र अविजात गर्नेले सरकार परिवर्तन गरेको बताउनुभयो ।
"सरकार परिवर्तनको स्थान र समयले नै स्पष्ट हुन्छ, थप सोच्नु र अलमल नै गर्नु पर्दैन" अध्यक्ष नेम्वाङले भन्नुभयो," दुनियाँ सामू छर्लङ्ग छ, मुलुक र जनताको हित नचाहने शक्तिले आफ्नो स्वार्थका लागि प्रचण्ड नेतृत्वको सरकार परिवर्तन गरेको हो।"
उहाँले सरकार परिवर्तनको स्थान र समयले नै स्पष्ट हुने थप सोच्नु नपर्ने बताउनुभयो । "सबै जनता निदाएको बेला दुई तीनजना नेता बसेर मध्यरातमा गरेको निर्णय कसले र किन गर्यो स्पष्ट छ" नेता नेम्वाङले भन्नुभयो ।
दुई ठूला दल मिल्दा सरकार बन्ने सामान्य अवस्था थियोे , बनाउन सक्थे तर सरकार गठनमा गलत बाटो रोजिएको जिकिर गर्नुभयो । नेता नेम्वाङले दक्षिण छिमेकी पनि वर्तमान सरकारप्रति खासै खुसी नरहेको बताउनुभयो । कांग्रेस र एमालेले प्राप्त जनअधिकार हनन् गर्न अग्रसर भए नेकपा माओवादी केन्द्रले त्यसको प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।
उहाँले पार्टी सच्चिएर अघि बढ्ने र जारी केन्द्रीय समितिको बैठकले उपयुक्त निर्णय लिने ठोकुवा गर्नुभयो । " केन्द्रीय समिति बैठकबाट अवश्य नयाँ कुरा आउँछ" उहाँले भन्नुभयो,"जनतामा पार्टीको लोकप्रियता कायम छ, गहन छलफल र बहसपछि उपयुक्त निकास आउँछ ।" संविधान प्रदत्त अधिकार र समानुपातिक निर्वाचन प्रणालीलाई हटाउने दाउमा कांग्रेस र एमाले लागिपरेको उहाँको तर्क छ ।
पत्रकार भेटघाटमा पार्टीका झापा अध्यक्ष राजु आचार्यले साउन १९ गते विभिन्न पार्टी परित्याग गरेर पाँच सय बढी कार्यकर्ता नेपाल माओवादी केन्द्रमा प्रवेश गर्ने जानकारी दिनुभयो ।
उहाँले यसलाई कांग्रेस एमालेले गरेको गलत कामको प्रतिरोध भएको बताउनुभयो। अध्यक्ष आचार्यले अबको आन्दोलन कांग्रेस-एमाले भर्सेस नेकपा माओवादी केन्द्र हुने बाटोमा रहेको स्पष्ट पार्नुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच