भोजपुर। भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इर्खुवा खोलामा मंगलवार राति आएको बाढीले बगाएर बेपत्ता भएका दुई मजदुरको शव पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइने भएको छ ।
दुबै मजदुरको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदावारी लगिएको छ । ठेगाना सहित दुवै मृतकको पहिचान भएकाले बिहिवार पोस्टमार्टम पछि आफन्तलाई जिम्मा लगाईने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । बर्दिया बारबर्दिया नगरपालिका वडा नम्वर –५ का ३० बर्षिय रमेश थारु र सोही ठाउँको वडा नम्वर ५ का ३२ बर्षिय श्यामकुमार थारुलाई राति सुति रहेको अवस्थामा बाढीले बगाएको थियो ।
हाइड्रोपावरमा कार्यरत मजदुर रमेशको शव भोजपुरको षडानन्द नगरपालिका र खाँदबारी नगरपालिकाको सिमानामा पर्ने अरुण नदीको सतिघाट किनार र श्यामकुमार थारुको शव भने षडानन्द नगरपालिका वडा नम्वर १ मा पर्ने मझुवास्थित नदी किनार नजिकै बुधवार भेटिएपछि आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले बताउनुभयो । अर्का मजदुर २६ बर्षका रामकिसन थारुलाई भने उद्धार गरिएको थियो ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्वर ४ गोथे बजार स्थितमा रहेको ईखुवा खोलामा आएको बाढीले हाईड्रोपावरमा कार्यरत तीनै जना मजदुरहरु सुतिरहेको अवस्थामा बगाएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts