✍️ ढुण्डीराज शास्त्री
(पूर्वमन्त्री तथा समाजवादी चिन्तक)
प्रकृतिले सम्पूर्ण मानिसको उत्पादन समान रूप अंग-प्रत्यांगसहित गरेको छ । भिन्नता केही छैन । तर व्यवहारमा जात, जाति, वर्ग, वर्ण, धर्म आदि अनेक भागमा विभाजित छ । यो विभाजन भौतिक, वैज्ञानिक, ठोस, तरल केहीबाट भएको होइन अध्यात्मिक मानिसको चिन्तनबाट भएको हो । विभिन्न प्राचीन कालका चिन्तकहरूको चिन्तनको जालो समाज विभाजनको कारण हो । समाजवादी व्यवस्था निर्माणका लागि सामाजिक आन्दोलनको अर्थ मानिसको मस्तिष्कमा दीर्घकालीन अभ्यासबाट रुढ भएको सामाजलाई विभाजन गर्ने चेतनालाई अन्त गरी समाजलाई समतावादी अर्थात् समाजवादी बनाउनु हो । यो आन्दोलन, काटमार गर्ने कसैलाई भित्र्याउने-कसैलाई पाखा लगाउने होइन । सम्पूर्ण जनतालाई एउटै पङ्क्तिमा उभ्याउने हो । तथापि, करोडौं वर्षदेखि पीडी-दर-पीडीमा अभ्यस्त हुँदै रुढ भएकाले परिवर्तन कठिन अवश्य छ ।
समाजवादी अर्थात् समतावादी समाज नभए राज्य व्यवस्था समाजवादी हुन सक्दैन । अतः समाजवादी नाम र मोर्चा मात्रले समाजवादी कोही हुन सक्दैन । सोच, विचार, चिन्तन, आचारण, व्यवहार अनि समाजवादी व्यवस्था निर्माण प्रति प्रतिबद्धता र संघर्ष शीलता पनि हुनुप¥यो ।
असम्भवन अवश्य छैन । प्रकृति विज्ञानद्वारा नै मानिसको आविष्कार एक समान् सव समानका रूपमा भएको छ । अध्यात्मिक मानवीय चिन्तन विज्ञानको खोज र महत्वपूर्ण मानवपयोगी वैज्ञानिक आविष्कारहरूको आविष्कारक पनि मानवीय आध्यात्मिक यही चिन्तन नै हो । अवैज्ञानिक कृत्रिम समाज विभाजनका आधार तयार गरी समाजमा कल-झगडा, हत्या-हिंसा, युद्ध, एकले अर्काेलाई समाप्न गर्न विश्वविध्वंशक अणु-परमाणु जस्ता अस्त्रशस्त्र निर्माण गराउनेसम्म पुर्याउने पनि यही चिन्तन हो । अतः यो चिन्तन तन्तुको अवैज्ञानिक समाज विभाजनको जालोबाट समाजलाई मुक्त गरी समतावादी अर्थात् समाजवादी समाजको निर्माण गर्नेतर्फ अगाडि बढ्नु सामाजिक आन्दोलनको लक्ष्य हो ।
आफूलाई समाजवादी नामकरणले समाज अगाडि उभ्याएको धेरै समाजवाद नामका पार्टीहरू मुलुकमा बनेका छन् । पुष्पकमल प्रचण्डजी अध्यक्ष भएको माओवादीसहित तीन-चार पार्टीको मोर्चा बनेको पनि मिडियामा आएको थियो । यी समाजवादी भन्ने पार्टीहरू र मोर्चामा अहिलेसम्म कुनै सैद्धान्तिक, दार्शनिक समाजवाद निर्माणतर्फ उन्मुख संघर्ष र परिवर्तनका विचासहरू र कार्यक्रमसम्म आएका छैनन् । मेरो अध्ययन र विचारमा यी सब पार्टीहरू र मोर्चामा समाजवादी समानतामा परिवर्तनको कुनै लक्ष्य छैन । प्रजातान्त्रिक राजनीतिक व्यवस्था अहिलेसम्म कार्यान्वयनमा आएका राजनीतिक व्यवस्थामध्ये सर्वोत्कृष्ट व्यवस्था हो ।
यो व्यवस्था नेपाली कांग्रेसले २००७ सालमा क्रूर सामन्ती राणा शासनको अन्त्य बलिदानी संघर्षबाट गरी स्थापित नेपालमा गरिसकेको छ । यो व्यवस्थामा सत्तामा पुग्न जनताको मन अर्थात बहुमत चाहिन्छ । यो पार्टीहरूले मोर्चासोर्चा बनाउने जे जे काम कर्म गरिरहेका छन्, त्यो सत्तामा पुग्न बहुमत चाहिन्छ-त्यसैको लागि हो । परिवर्तनकारी समाजवादी कुनै लक्ष्य यिनीहरूसँग छैन । अथवा देखिएको छैन । अरू पार्टीहरूका कुरा छोडौं, नेपाली कांग्रेसले आफ्नो उत्तरदायित्व बोध गर्नुपर्ने ३० वर्ष जति भयो । सत्तामा गइरहेको छ तर उत्तरदायित्व बोध छैन ।
अतिनाद जस्तो यो वर्तमान पुकार नेपाली कांग्रेसका सभापति, उपसभापति, महामन्त्री र सम्पूर्ण केन्द्रीय सदस्यहरू र नेविसंघ, भूपूसैनिक, महिला र किसान संघ, तरुणदल, सुवेच्छुक सम्पूर्ण संघसंस्था नागरिकहरू जिल्ला र गाउँस्तरीय नेपाली कांग्रेसका संगठनहरू सबैसँग हो । सबैले गम्भीरतासाथ लिनुहुनेछ भन्ने विश्वास छ । यो विभक्त समाज परिवर्तन गरी एकता स्थापित गर्नु नै सामाजिक आन्दोलनको उद्देश्य हुनुपर्दछ । र यो उद्देश्य पूरा हुनु नै समाजवादी समाजको निर्माण हुनु हो । अनि आर्थिक परिवर्तन समाजवादी व्यवस्थाका लागि बाँकी रहन्छ ।
आर्थिक पक्षमा परिवर्तनका लागि चिन्तन् खोज प्रयोग, परिक्षणद्वारा समतावादी अर्थ व्यवस्था के कस्तो सिद्धान्तर दर्शन भएमा मात्र कार्यान्वयनमा आउन सक्दछ भन्नेमा पनि पार्टीले दार्शनिक र वैज्ञानिकहरूलाई लगाउनुपर्दछ । समाज नै समाजवादी छैन भने प्रजातान्त्रिक राजनीतिक व्यवस्था अधुरो र अर्थव्यवस्था समतावदी अर्थात समाजवादी हुन नै सक्दैन् । समाजको उत्पत्ति र विकास समताको थियो । यो सामाजिक समता आर्थिक, राजनीतिक र धार्मिक व्यवस्थाको समाजमा भएको प्रवेशले समाज विभिन्न भागमा टुक्रा टुक्रा भई बाँडिएको छ ।
समाजवादी अर्थात् समतावादी समाज नभए राज्य व्यवस्था समाजवादी हुन सक्दैन । अतः समाजवादी नाम र मोर्चा मात्रले समाजवादी कोही हुन सक्दैन । सोच, विचार, चिन्तन, आचारण, व्यवहार अनि समाजवादी व्यवस्था निर्माण प्रति प्रतिबद्धता र संघर्ष शीलता पनि हुनुप¥यो । अर्काे कुरा समाजनै समतावादी अर्थात् समाजवादी छैन भने राज्य र अर्थव्यवस्था कसरी समाजवादी हुने, हुन सक्दैन् । अतः सच्चा समाजवादीहरूको पहिलो कर्तव्य हो समाजवादी आन्दोलनका बलमा समाजमा समता स्थापित गर्नु, समाजमा समता स्थापित गर्नु समाजवादी समाज निर्माण गर्नु हो । यद्यपि, प्रजातान्त्रिक राज्यव्यवस्था समाजवादी नै हो । आर्थिक र सामाजिक व्यवस्था समतावादी नहुँदा यिनीहरूबाट उत्पन्न गरिने विसंगति र विकृतिका कारणले प्रजातान्त्रिक व्यवस्थाले वास्तविक स्वरूप लिन सकेको छैन । सामाजिक र आर्थिक समतावादी आन्दोलनको सफलताले अवश्य समाजवादी राज्यव्यवस्था स्थापित गर्ने छ ।
समाजवाद कार्यान्वयनको पूर्ण दायित्व अरूमा होइन नेपाली कांग्रेसमा थियो र छ । प्रजातन्त्रको पुनःस्थापनापछि सत्तामा पूर्ण बहुमतसहित आएको कांग्रेस पूर्वजहरूले छोडेको उद्देश्य कार्यान्वयन भएमा देश र जनताको ठूलो कल्याण हुनसक्ने यो उत्तरदायित्व सत्ताको स्वादमा माखा महमा डुबे झैँ डुबेका कांग्रेसीले आफ्नो दायित्व कर्तव्य बुझ्न सकेनन् ।
नेपाली कांग्रेसको आदीम अवस्था उज्वल थियो । मध्यम अवस्था सत्ता र पैसाको लागि भ्रष्टहरूको बाहुल्यले मलिन विकृत रहृयो । यो तेस्रो विसंगति र मध्यम अवस्थाको विकृतिले कमजोर र बोझिलो भएको थाहा पाउँदा पाउँदै बाटो नबदल्नु त्यही बाटोमा हिँड्नु समाप्त हुनु हो । अतः नेपाली कांग्रेस कांग्रेसकै इतिहासमा रहेको र आफूलाई परिवर्तन गर्न र शक्तिशाली बनाउन सक्ने बाटो छ । त्यो रोज्न र त्यसमा लाग्न सक्नु पर्दछ । हाम्रा पूर्वजहरूले पनि तानाशाही शासनको त्याग, समर्पण र विरताको बलमा अन्त गरी प्रजातन्त्रको स्थापना र प्रजातान्त्रिक व्यवस्थाको माध्यमले सत्तामा पुगेका वीर पूर्वजहरूले अर्थव्यवस्था र सामाजिक व्यवस्थाको परिवर्तनले नेपाललाई प्रजातान्त्रिक समाजवादी राज्यमा परिवर्तन गर्न कृत संकल्प थियो तर पूर्वजहरूले यो संकल्प पूरा गर्ने अवसर जनविरोधी राजा महेन्द्रको ३० वर्षे शासनका कारण पाएनन् ।
राजा महेन्द्रले शक्तिको बलमा प्रतिनिधिसभा र सरकारको विघटन, बी.पी.कोइराला प्रधानमन्त्रिसहित सबै मन्त्री र पार्टीका नेता भेटिएमा सबैको गिरफ्तारी पार्टीहरूमा प्रतिबन्ध प्रजातन्त्र जनताबाट खोसेर हुकुमी शासन सुरु गरी यो हुकुमी शासनका विरुद्ध प्रजातन्त्रको पुनः स्थापनाका लागि सुवर्ण शमशेरको नेतृत्वमा कांग्रेसले सशस्त्र संघर्ष सुरु गरेको थियो । चीन र भारतको युद्ध चिनियाँ परराष्ट्र मन्त्रीको नेपालमा हुने सशस्त्र आक्रमण चीनमा भएको मानिन्छ भन्ने भनाइले चीनले यही बाहना नेपाललाई तिब्बत बनाइदिने हो कि भन्ने प्रबल सम्भावनाका कारणले संघर्ष स्थगित भयो ।
यसपछि संघर्ष सकियो भन्ने होइन । सशस्त्र र शान्तिमय संघर्षहरू भइरहेको थियो । स्वरूप तिनको अवस्था सानो थियो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पूर्वमा भएको सशस्त्र संघर्ष ठूलै थियो तर त्यो सफल हुनसकेन, असफल भयो । २०३३ सालमा मेलमिलापको नीति लिई साथीहरूसहित बी.पी.कोइराला नेपाल आउनुभयो । सुधारिएको पञ्चायती व्यवस्थाको प्रजातन्त्र भनी जनमत गराइयो । २०१८ पछि राजाको शासन ३० वर्ष चल्यो । २०४६ मा गणेशमानजीको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको बलमा प्रजातन्त्रको पुनःस्थापना भयो । वीर पूर्वजको पूरा नभएको उद्देश्य पूरा गर्ने बाटोमा नलागेर सिद्धान्तविपरीत अगाडि बढेको र सत्तासीन व्यक्तिको बहुसंख्यक समूह देश र जनताको कल्याणकारी काममा नलागेर भ्रष्टाचार आदि व्यक्तिगत स्वार्थ पूरा गर्ने काममा सक्रिय रहेकाले पुनः प्रजातन्त्रपछि दोस्रोपटक सत्तामा रहेको कांग्रेस वीर पूर्वजहरूको काम कर्तव्यहरूले उत्तराधिकारी बन्न सकेन र भन्न लायक पनि रहेन् ।
अतः वीर पूर्वजको त्याग, तपस्या र विरता आफूहरूमा प्रक्षेपणले सच्चा अनुयायी बन्न जाग जागन जाग बी.पी.कोइराला र समकक्षी महान् पूर्वजहरूले प्रजातान्त्रिक राज्य व्यवस्थाको स्थापना ठूलो बलिदान संघर्षको बलमा गरे । तर, उनीहरूको समाजवाद कार्यान्वयनको उद्देश्य राजा महेन्द्रको लामो अवधिसम्म रहेको व्यवधानका कारण पूरा हुन सकेन् । अहिलेसम्म पनि पूरा भएको छैन । अतः पूरा गर्न कांग्रेसी हो अब लाग लाग न लाग । समाजिक अनि आर्थिक आन्दोलन र परिवर्तनले समाजवाद सफल पार, पार न पार । समाजवादी राज्य व्यवस्थाको नमुना विश्वका लागि अघि अब सार सार न सार ।
समाजवाद कार्यान्वयनको पूर्ण दायित्व अरूमा होइन नेपाली कांग्रेसमा थियो र छ । प्रजातन्त्रको पुनःस्थापनापछि सत्तामा पूर्ण बहुमतसहित आएको कांग्रेस पूर्वजहरूले छोडेको उद्देश्य कार्यान्वयन भएमा देश र जनताको ठूलो कल्याण हुनसक्ने यो उत्तरदायित्व सत्ताको स्वादमा माखा महमा डुबे झैं डुबेका कांग्रेसीले आफ्नो दायित्व कर्तव्य बुझ्न सकेनन् । राणाशासनको अन्त पछि २०१२ सालमा वीरगञ्जमा भएको नेपाली कांग्रेसको बाह्रौं महाअधिवेशनले प्रजातान्त्रिक समाजवाद पार्टीको सिद्धान्त भनी सर्वसहमतिले पास गरेको पार्टीको उद्देश्य समाजवाद कार्यान्वयन हुनुपर्दछ । त्यता अहिलेसम्म कांग्रेस लागेन । प्रजातान्त्रिक राजनीतिक व्यवस्था कार्यान्वयन भइसकेको छ । आर्थिक र सामाजिक व्यवस्था क्रान्तिकारी संघर्षद्वारा परिवर्तन गर्न सके प्रजातान्त्रिक समाजवादी राज्यव्यवस्था साकार हुन्छ । यो हामीले गर्न सके विश्वका अगाडि नमुना बन्नेछ । अतः उठौं, जागौं ।
नेपाली कांग्रेस सत्तासीन, बलियो बनोस् भन्ने तपाईं हामीमा छ भने नेपाली कांग्रेसलाई वीर नेपालीहरूको पार्टी बनाउन यसको माध्यमबाट देश र जनताको सर्वतामुखी उन्नतिका लागि समाजवादी आन्दोलन आर्थिक र आन्दोलनमा लागौं । म आशावादी छु, नेपाली कांग्रेस सामाजिक आर्थिक आन्दोलनमा लाग्नुपर्छ । शारीरिक र आर्थिक शक्ति समाप्त भएको ८९औं वर्षको म पनि यो लडाइँमा सहयोगी हुन र महान् पूर्वजहरूको अघि सारेको उद्देश्य पूरा हुँदा सात सालदेखि अहिलेसम्म यताउती कतै नलागी लोभ र मोहमुक्त भई गरेको कर्म र बोकेको आस्था पूरा भए यो जीवन सार्थक भएको मान्नेछु ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा