काठमाडौं । यमन तीज म्युजिक अवार्ड २०८१का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । नेपाली महिलाहरूको महान् पर्व तीजको अवसरमा ‘प्रथम यमन तीज म्युजिक अवार्ड २०८१’ को १८ विधमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
अवार्डमा समावेश गीत संगीतलाई वरिष्ठ कवि तथा गीतकार अमर बान्तु, वरिष्ठ गायिका लोचन भट्टराई, गीतकार डा. ओमकृष्ण प्रसाईं, वरिष्ठ रेकर्डिस्ट राजीव शाह, वरिष्ठ संगीतकार विकाश चौधरी, कुशल अडियो सम्पादक गोविन्द सोनी, कुशल भिडियो सम्पादक अर्जुन पोखरेललगायतको निर्णयक टिमले छनौट गरेर आयोजकले जनाएको छ ।
नेपाली संस्कार, संस्कृति, नेपाली गीतसंगीतलाई प्रवद्र्धन गर्दै यो क्षेत्रलाई चलायमान र क्रियाशीलता बनाउन अवार्डले मद्दत गर्ने आयोजक मार्क ग्रुप प्रा.लि.का अध्यक्ष तथा अवार्डका संयोजक तारावीर पाण्डेले बताउनुभयो ।
अवार्डमा दुई दशकभन्दा लामो समय संगीतमा समर्पण गरेका एक स्रष्टालाई नगदसहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ले सम्मान गरिने र महिला रंग पत्रकारलाई नगत राशीसहित सम्मान गरिने आयोजकले जनाएको छ । अवार्ड वितरण २०८१ भदौ १४ गते तीजको दर खाने विशेष कार्यक्रमको आयोजना गरी विशेष व्याक्तित्व को प्रमुख आतिथ्यतामा हुँदैछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा