भोजपुर । अविरल वर्षाका कारण आएको बाढीले बगाएर बेपत्ता भएका अर्का मजदुरको पनि शव फेला परेको छ ।
भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधिन इर्खुवा खोलाको ईखुवा हाइड्रोपावरमा कार्यरत दुई मजदुरलाई मंगलबार राति डेढ बजेतिर आएको बाढीले सुतिरहेको अवस्थामा बगाएको थियो ।
बेपत्ता भएका दुवैको शव फेला परेको र ठेगानासहित सनाखत भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
हाइड्रोपावरमा कार्यरत मजदुर बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्वर पाँचका ३० बर्षका रमेश थारु र सोही ठाउँको छ नम्बर वडाका ३२ वर्षिय श्याम कुमार थारुको शव फेला परेको हो । षडानन्द नगरपालिकास्थित अरुण नदीको सतिघाट किनारमा रमेशको शव फेला परेको थियो । श्यामको सोही नगरपालिकाको वडा नम्बर १ मझुवास्थित नदी किनार नजिकै शव भेटिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
बाढीमा परेका २६ वर्षिय राम किसन थारुको भने उद्धार गरिएको थियो । साल्पासिलिछो गाउँपालिका वडा नम्वर ४ गोथे बजार स्थितमा रहेको ईखुवा खोलामा आएको बाढीले हाईड्रोपावरमा कार्यरत तीनै जना मजदुरहरुलाई बाढीले बगाएको थियो ।
प्रहरी चौकी चौकीडाँडाबाट करिव तीन किलोमिटर पश्चिम पर्ने घटना स्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाश कुमार अधिकारीको कमाण्डमा ४ जनाको टोली गएको छ भने सशस्त्र प्रहरीको अस्थाई बेस क्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा ७ जनाको टोली खोजीको लागि खटिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts