
✍️ अनुराधा थापा
सूर्य चन्द्रमा उदाउँछन् अरूकै लागि
ताराहरू पनि चम्कन्छन् अरूकै लागि
उदाए अमर सिहं नेपालमा सूर्य समान
आफू जागा रही नागरिकका सुरक्षामा
नाकाहरूमा उभिई
आफू तपेर जगमा छरे शीतलता
वीर अमर सिहंले दिए योगदान देशकै लागि
गर्थे पुकार ईश्वरको जननी र प्रकृतिको
यही स्वरूपलाई सम्झी रहेछन् विश्वमा
उनैको चर्चा भई रहेछ सपुत अमरको
यही दीक्षा पुर्खाका लिई सपुत बनी
गरांै राम्रो काम हामी सबै मिलेर
उठाई काधमा छन् जीवित आमा नेपाल
राष्ट्र ऋण तिरौ आजै भोलि नभनी सधैं
हुन्छिन आमा सुखी सन्तान सुध्रिए आफैं
आज आमा छिन् दुब्ली, रोगी र निर्धन पनि
इनैको गरौं आज स्याहार, सुसार सबै मिली
छैनन् हामा निर्धन पनि गर्भमा लुकेको छ
असंख्य खनिज र जडिबुटी पनि
फेरि आमा सुखी हुन्छिन् निरोगी सम्पन्न भएर
विश्वका धरोहर सपुत अमरसिहं थापालाई
दिउँ अमर श्रद्धाञ्जलि श्रद्धा गरेर ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच