काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा रातभर मध्यमदेखि भारी वर्षा भएको छ । जसकारण बागमती, विष्णुमतीलगायतका नदीले खतराको तह पार गरेका छन् ।
बागमती नदी ठाउँ ठाउँमा बस्तीमा पसेको छ । साथै यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह खतराको तहमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भक्तपुर मनहरा बस्तीमा बाढी पसेको छ । बिहान ४ बजे देखि बस्तिको केही घर डुबानमा परेका छन् । मनहरा बस्तीमा बाढी पसेको केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।
तस्बिर : नेपाल फाेटाे लाइब्रेरी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच