क्षितिज तामाङ/नेपाल फोटो लाइब्रेरी
एक सुन्दर ठाउँ, प्रकृतिको खानी, अझ भनौ स्वर्गको एक टुक्रा हो कोरी । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ मा पर्ने कोरी छोटो पदयात्रा गर्न चाहानेहरुका निम्ति खास गन्तव्य बन्दै गएको छ ।पछिल्लो समय कोरीको पदयात्रा गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्दै गएका छन् ।
सिक्लेसबाट सुरु हुने पहिलो दिनको पैदल यात्रा त्यति सहज भने छैन, तर अहिले जलविद्युत उत्पादनका लागि सडक पुगेको हुनाले जीपमा यात्रा गर्न भने सकिन्छ, तर कोरी सम्म भने सडक पुगेको छैन । यहाँको स्थानीयता, भौगोलिक अवस्था, प्रकृति र पर्यावरणदेखि धेरै कुरा अवलोकन गर्दै सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयको जानकारी लिँदै कोरीको पैदल यात्रा तय गर्न सकिन्छ । सिक्लेसपछिको पहिलो रातको बसाइ भने “तसा खर्क” मा हुन्छ ।

तसा खर्कको होटलमा अर्को दिनको बिहानको खाजा खाई यात्रा कोरीतर्फको यात्रा फेरि शुरू हुन्छ । करिब ३ घण्टाको जंगलको यात्रा पछि खानारखाजा को लागि “च्येका ल्हि” मा पुगिन्छ । च्येका ल्हिमा खानारखाजा खाएपछि भने यात्रामा उकालो बाटोको शुरुवात हुन्छ ।
करिब ३००० देखि ३५०० मिटरको उचाइ चारै तिर मनमोहक दृश्यले थकान भोक सबै हराएको महसुस हुन्छ कोरी पुग्दा ।

कोरीबाट लमजुङ हिमाल,अन्नपूर्ण दोस्रो, माछापुच्छ्रे र मनास्लु हिमाल आँखै अगाडि देख्न सकिन्छ । जसले जोकोहीलाई पनि मन्त्रमुग्न बनाउने गर्दछ ।तर सो पदयात्रामा राम्रो र व्यवस्थित बासको व्यवस्था नहुँदा भने कुनै कुनै दिन सुत्ने ठाउँ पाउन समेत मुस्किन हुने गर्दछ । कोरी पदमार्गमा व्यवस्थित बसोबासका लागि होटल लज को सही ब्यवस्थापन गर्न नसक्नु नै प्रमुख हो ।

यस्ता कमजोरीहरूलाई हटाई आन्तरिक र बाह्य पर्यटकहरूका लागि बसोबासको उचित व्यवस्था गर्न सके कोरी पदयात्रा मार्ग विश्व कै एक आकर्षक गन्तव्य बन्न कुरामा दुई मत भने छैन ।

कोरी अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ पैदल यात्रीले धेरै कुरामा भने ध्यान दिनु पर्ने हुन्छ । सकेसम्म यात्रीले गाइड लिने वा समूहमा यात्रा गर्ने, पानी, टर्च लाइट, लठ्ठी र न्यानो लुगा बोक्ने, सो क्षेत्र कालो भालु अधिक पाइने हुनाले यात्राको बेला होहल्ला या भालु या कुनै पनि जंगली जनावर नजिस्काउने नै मुख्य रहेका छन् ।











Video News Post
Breaking News with Advertisements
Breaking news with related posts