काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजना एवं अप्टिमेस्टिक इन्टरनेसनलको सहआयोजनामा साउन १५ गते खिर खाने कार्यक्रम आयोजना गरिएको छ । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको उपस्थितिमा भएको कार्यक्रममा अप्टिमेस्टिक इन्टरनेसनलका गभर्नर प्रकाश घिमिरे, उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेत, केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, एन प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल, महासचिव पारस दाहाल, प्रबोधप्रभाकर रिजाल, महासंघका विभिन्न वस्तुगतका प्रतिनिधि एवं कार्यसमिति सदस्य क्रमशः लिलेन्द्रप्रसाद प्रधान, नानीराज घिमिरे, नरेशलाल श्रेष्ठ, पशुपतिदेव पाण्डे, रविन पुरी, राजकुमार कार्की, शिवप्रसाद घिमिरे, चन्द्र थापा, इन्द्र महर्जन, मञ्जु श्रेष्ठ, रमेश संग्रौलालगायत एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडिया, निर्यात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष गोविन्द घिमिरे, पशुपालन तथा मत्स्य सहकारी संघका बाबुराम अधिकारी, डेरी साइन्स एसोसिएसनका शिवराम सिंह, रैथाने एग्रो प्रालिका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले उत्पादक किसानले उद्योगीबाट किसानको बाँकी भुक्तानी गर्न विभिन्न समयमा सम्झौता गरे तापनि हालसम्म नपाएको बताउनुभयो । अप्टिमेस्टिक इन्टरनेसनलका गभर्नर प्रकाश घिमिरेले दुग्ध क्षेत्रको हालको समस्या समाधानका लागि संघ सकारात्मक भई अघि बढ्नुपर्ने बताउनुभयो ।
निर्यात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष गोविन्द घिमिरेले डेरी क्षेत्रको छुर्पी अग्र स्थानमा रहेको भन्दै निर्यात संघको पूर्ण साथ रहने बताउनुभयो भने ढकालले दुग्ध क्षेत्रको समस्यामा आफू पनि गम्भीर भएर लागिरहेको र समस्या समाधानका लागि सबै एक भई लाग्नुपर्ने बताउनुभयो । एन प्याब्सनका अध्यक्ष पाण्डव हमालले हरेक विद्यालयमा दूध तथा दुग्ध पदार्थको जानकारी गराउँदै दूधको महत्व बुझाउनु विद्यालयको पनि कर्तव्य हुने बताउनुभयो । कार्यक्रमका सभापति केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्रले इतिहास रच्न सबैको साथ सहयोगको अपेक्षा गरिएको बताउनुभयो । साउन १५ गते खिर दिवसका दिन देशैभरिबाट करिब ९० लाख लिटर दूध खपतबाट ६५ करोड १० लाख बराबरको आर्थिक कारोबार भएको एसोसिएसनले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता