काठमाडौं । ‘मिष्टर नेपाल २०२४’को फाइनल स्पर्धाका ३९ जना छानिएका छन् । देशभर आयोजित अडिशनमा एकहजार बढी युवाले सहभागिता जनाएकाकोमा फाइनल स्पर्धाका लागि ३९ जना छानिएको आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ । पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, रवि धमाला, विक्रम आदित्य महासेठ, समर्पणजंग कार्की पहिलो चरणको छनोटमा निर्णयक हुनुहुन्थ्यो भने दोस्रो चरणको अडिशनमा नीति शाह, ऋषि धमला, प्रशान्त ताम्राकार, मुनिस गिरी, सन्दीप केसी, प्रियंका रानी जोशी, निमेश कपाली, सरिताश्री ज्ञवलीलगायत रहनुभएको थियो ।
देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिशन गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयो । ‘छनौट भएका सबै प्रतियोगी अव फाइनल प्रतिस्पर्धाका लागि विभिन्न चरणको प्रशिक्षामा जुट्नेछन्’ धमलाले भन्नुभयो ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२४’ वा ‘मिष्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगद र पुरस्कारमा बिभिन्न गिफ्टसमेत जित्न सक्नेछन् । प्रतियोगिताको छनौट चरणको अडिशनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायत दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी हुनेछन् ।
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिनुभयो । यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको छ । प्रतियोगिताको विगत विजेताले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारसमेत नेपाल भित्र्याउन सफल हुनुहुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts