
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्नुभएको थियो ।
कुल ११० सदस्यीय प्रदेश सभामा उहाँको पक्षमा ६४ सांसदको मत दिएका छन् । उहाँको विपक्षमा ३५ मत परेको छ । सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ ।
नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिएका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।
विश्वासको मत लिँदा नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको थियो भने दुई सिट भएको हाम्रो नेपाली पार्टीले बैठक नै बहिस्कार गरेको थियो । लामा गत साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच