काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनु हुने कार्यसूची छ। त्यसैगरी बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र (संयुक्त समिति कार्य सञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२)बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्नुहुने छ ।
यता राष्ट्रिय सभामा अध्यक्षले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्नुहुने कार्यसूची छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts