
बैतडी । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले एक वर्षको अवधीमा २३ लाख बढी राजस्व संकलन गरेको छ। ट्राफिक नियमको पालना नगर्ने साना तथा ठूला सवारी साधनहरुबाट २३ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियमको पालना नगर्ने ४ हजार ४५९ सवारीलाई जरिवाना गर्दा सो राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव निरीक्षक धिरज पाठकले जानकारी दिनुभयो।
बस, ट्रक, जिप, मोटरसाइकल, ट्याक्टर लगायतका साना तथा ठुला सवारी साधनबाट २३ लाख ४३ हजार ५ सय रुपैँया राजस्व संकलन गरेको उहाँले बताउनुभयो । २ हजार ६७८ जिप,कार तथा भ्यानहरुबाट १३ लाख ६८ हजार ५ सय रुपैँया, ८ सय ३२ मोटरसाइकलबाट ४ लाख ७५ हजार ५ सय रुपैँया राजस्व संकलन गरिएको छ ।
३ सय ९४ ट्रक तथा ट्याङ्करबाट २ लाख १४ हजार ५ सय रुपैँया, ३ सय ८ ट्रयाक्टरबाट १ लाख ७२ हजार ५ सय रुपैँया, १ सय ९५ अटो तथा अन्य सवारी साधनबाट १ लाख २ हजार ५ सय रुपैँया र ५२ ओटा बस तथा मिनि बसबाट २८ हजार राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने ,तीव्रगति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लंघन गर्ने सवारी साधनहरु बढेका हुन् ।
आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ९०६ ओटा साना तथा ठुला सवारीहरु कारवाहीमा परेका थिए । गत वर्ष त्यो सङ्ख्या बढेर साढे ४ हजार पुगेको ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव निरीक्षक धिरज पाठकले जानकारी दिनुभयो ।
जिल्लाको खोड्पे, पाटन सत्बाझ र साहिलेकमा ट्राफिक प्रहरीको उपस्थीति रहेको छ । दरबन्दी अनुसार जनशक्ती नहुँदा पनि उपलब्ध जनशक्तीको संक्रियतामा आर्थिक वर्ष २०७९/०८० को तुलनामा १० प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव निरीक्षक धिरज पाठकले बताउनुभयो ।
सवारी चेकजाँचमा ट्राफिक प्रहरीको सक्रियता बढेसंगै नियमको उल्लङघन गर्ने सवारी साधन बढेको र राजस्व संकलनमा समेत वृद्धि भएका उहाँले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच