भोजपुर । आफ्नो भवन नहुँदा भोजपुर नगरपालिका वडा नम्वर ५, बोखिममा रहेको वडा कार्यालयले वसौंदेखि विद्यालय भवनबाट दैनिकसेवा प्रवाह गर्दै आईरहेको छ ।
वडा कार्यालयले गाविस हुँदैदेखि विद्यालयको भवनबाट स्थानीयले सेवा पाउँदै आईरहेका छन् । बोखिममा रहेको पञ्चकन्या माविको जीर्ण भवनबाट हाल सेवा संचालन हुँदै आएको छ । भवन अभावमा विद्यालयको जीर्ण भवनबाट वडाको दैनिक कार्यहरु गर्दै आईरहेको वडाध्यक्ष फविन्द्र प्रधानले बताउनुभयो ।
“हामीसँग वडा कार्यालय सञ्चालनका लागि भवन छैन, स्कुलको कोठा मागेर बनाएको कार्यालयमा पनि काम गर्न निकै कठिन हुने गरेको छ ।” वडाध्यक्ष प्रधानले भन्नुभयो । विद्यालयले दिएको दुई कोठे भवन पनि सवै जीर्ण छ । वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय धनराज राईले तीन रोपनी जग्गा उपलब्ध गराउनु भएको छ । भवन निर्माणका लागि जग्गा उपलब्ध भए पनि बजेट अभावमा वडा भवन बन्ने संभावना छैन ।
स्थानीय मुल्य अनुसार राईले ५ लाख बढीको जग्गा उपलब्ध गराउनु भएको भएपनि पहल गर्दासमेत बजेट ब्यवस्थापन हुन नसकेको जनप्रतिनिधीहरुको भनाई छ ।
पूर्वाधार अभावका कारण सेवाग्राही आउँदा भीड हुने र चुस्त सेवा दिन गाह्रो हुने गुनासो वडाको छ ।
कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा गरे अनुसार जोस, जाँगरले काम गर्न कठिनाई हुने गरेको वडासचिव अभिनास राईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बर्सौंदेखि वडाको काम दुई कोठाबाट चलिरहेको छ, जीर्ण अवस्थामा रहेको भवनले कतिखेर समस्या निम्त्याउने हो, टुंगो छैन ।”
वडा कार्यालय भवन निर्माणका लागि नगरपालिकालेसमेत बजेट ब्यवस्थापन गर्न सकेको छैन ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts