कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गर्नुभएको छ ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला सहभागी भएपछि उहाँलाई पदबाट हटाइएको हो ।
आज र यस अघिको बैठकमा प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी हुनु भएको थियो। उहाँलाई मुख्यमन्त्री सोडारीले बैठक नजान आग्रह गरेपनि उहाँले अटेर गरेको भन्दै पदबाट हटाईएको बुझिएको छ ।
सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडी नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहको थियो तर आफूले जनताको आवाज उठान संसद् आएको उहाँले बताउनु भयो ।
संसद्मा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको उहाँले बताउनु भयो ।
सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडी नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहको थियो तर आफूले जनताको आवाज उठान संसद् आएको उनले बताइन् ।
संसद्मा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको उनले बताइन् ।






