कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि सुझावहरु पेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनी लि.ले कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि कृषि मन्त्री समक्ष सुझावहरु पेश गरेकाे छ ।

देशको कुलग्राहस्थ उत्पादनको करीव एक चौथाई हिस्सा ओगटेको, ६० प्रतिशतभन्दा बढि जनताहरुको प्रत्यक्ष आय आर्जनसंग जोडिएको र सिङ्गो मानवजातिको बाँच्ने आधारभुत आवश्यकताको रुपमा रहने हावा, पानी र खानासंग प्रत्यक्ष जोडिने कृषि क्षेत्रको संस्थागत विकास मार्फत् उत्पादक कृषक र उपभोक्ताको बिचमा कृषिचक्र निर्माण गर्नु देशको दिगो र समग्र अर्थतन्त्र विकासको माध्यम भएकाे भन्दै सुझावहरु पेश गरिएकाे हो ।

मुक्तिनाथ कृषि कम्पनी लि. “संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत् कृषि चक्रको निर्माण”गर्दै नेपालको कृषि अर्थतन्त्रलाई सवलबनाउने अभिप्रायले मुक्तिनाथ बिकास बैंकको प्रमुख लगानीमा स्थापना भएको धितोपत्र बजारमा सुचिकृत पहिलो कम्पनीहो । कम्पनीको देशभरको उपस्थिती, समग्र कृषि क्षेत्रको अध्ययन तथा अनुसन्धान र हालसम्मको कार्य अनुभवको आधारमा, कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि १० बुँदे सुझावहरु पेश गरेको छ ।

यस्ता छन् मुक्तिनाथ कृषि कम्पनी लि. पेश गरेका सुझावहरु

१. कृषि तथा पशुपन्छि विकास मन्त्रालयको प्राविधिक सहयोगमा प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालय मातहत“एकिकृत कृषि विकास प्राधिकरण/निकाय/केन्द्र” को स्थापना गर्ने ।

२. सरकारले खरीद सुनिश्चितता गर्न सक्ने उद्योग संरचनाहरुको विकासमा लगानी गरी नीजि क्षेत्रलाई प्रतिस्पर्धात्मक रुपमा संचालन र व्यवस्थापनको लागि जिम्मेवारी दिने । (उदाहरणको लागि लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाको लगानीमा बुटवल १० मा स्थापित आधुनिक पशुबधशाला)

३. बजार अनुसारको उत्पादन प्रणालीको विकास गर्न करार ऐनको निर्माण, उत्पादन क्यालेन्डरको विकास र खरीद सुनिश्चतताको व्यवस्थामार्फत् सामुहिक तथा व्यवसायिक उत्पादनलाई प्रोत्साहित गर्ने ।

४. स्थानिय सम्भावनामा आधारित “एक स्थानिय संरचना (निकाय), एक कृषि परियोजना”को विकास गरी ग्रामिण क्षेत्रका स्थानिय पालिकाहरुलाई उत्पादन प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन र सहरी क्षेत्रका स्थानिय पालिकाहरुलाई भण्डारण तथा वितरणमा अभिमुखिकरण गर्ने ।

ADVERTISEMENT

५. उद्यमशिलता केन्द्र (7M concept-Mind, Money, Materials, Manpower, Management, Marketing & Monitoring) मार्फत युवाहरुलाई कृषि उद्यममा आकर्षित गर्ने ।

६. “उत्पादनमा सहकारी, बजारीकरण प्रभावकारी”कार्यक्रम संचालन गर्नको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रहरुको विकास गर्ने ।

७. कृषिमा संस्थागत परामर्श केन्द्रहरुको स्थापना र संचालनको लागि नीतिगत व्यवस्था गर्ने ।

८. उपभोक्ताहरुलाई स्वस्थ र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन“खाद्य साक्षरता”अभियानलाई राष्ट्रिय रुपमा संचालन गर्ने ।

९. जलवायु अनुकुल तथा उत्थानशिल प्रविधिहरुको विकास र प्रवर्द्धन तथा कार्वन फार्मिङलाई कार्वन व्यापारमा जोड्दै साना कृषकहरुको क्षमता अभिवृद्धि गर्ने ।

१०. कम्बाइन हार्भेष्टरको आयात गर्दा वातावरण प्रदुषण नगर्न व्यवस्था गरिएको “वेलर (Baller) सहितआयात”मात्रै नभई वेलर वा ब्रसकटर भन्ने शब्दावलि राख्नको लागिपहलगर्ने जसले माटोमाप्राँगारीक तत्व बढाउनको साथै कृषकहरुको लागतमापनिन्यूनिकरण गर्न मद्धत गर्दछ ।

मुक्तिनाथ कृषि कम्पनी लि. का अध्यक्ष श्री सिताराम काफ्ले, प्रबन्ध संचालकश्री भरतराज ढकालसहितको उपस्थिति रहेको भेटमा मन्त्रि रामनाथ अधिकारीले कृषि तथा पशुपन्छि क्षेत्रको समग्र समस्या तथा समाधानका उपायहरुको सम्बन्धमा यस क्षेत्रका विषय विज्ञ, पूर्व कृषि तथा पशुपन्छि विकास मन्त्रि र सरोकारवालाहरुसंग विस्तृत छलफलमा रहेको सन्दर्भमा दिइएका सुझावहरुलाई बहुपक्षिय छलफल गर्दै कृषिमा संस्थागत नीजि क्षेत्रको लगानी प्रवर्द्धन गर्न आफु सकारात्मक रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज