भोजपुर । हरेक बर्ष प्रदान गरिदै आएको भोजपुर प्रतिभा पुरस्कार यस बर्ष कवि तथा सर्जक इन्द्रसुर बेल्टारेलाई प्रदान गरिएको छ । भोजपुरमै रहेर निरन्तर साहित्य क्षेत्रमा लाग्दै आएका सर्जकहरुलाई त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले नगदसहित सम्मान गर्दै आईरहेको छ ।
भोजपुर प्रतिभा पुरस्कार २०८० बाट यस बर्ष २२ हजार दुई सय २२ रुपैयाँ नगदसहित सम्मानपत्रबाट कवि तथा सर्जक बेल्टारेलाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले सर्जक बेल्टारेलाई सम्मान गर्नुभयो । सोक्रममा मणिराज राई, तिलक थापा र चिन्तामणि पोख्रेलले सम्मानित बेल्टारेका व्यक्तित्व र कृतित्वको बारेमा परिचर्चा गर्नुभएको थियो भने अरुण गाउँपालिका उपाध्यक्ष बिनिता ढकाल, पूर्वपालिका अध्यक्ष गजेन्द्र कार्की, बबिन्द्र रसाइली, अमृका ताम्राकार, समाजसेवी तोरणबहादुर कार्कीले आ-आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
अरुण गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा बेल्टारे, संग्राम किराँती, निर्मला घिमिरे पराजुली, डिकपाल राई, सुजन कटुवाल, कमला प्रधान, तिलक थापा, अशोक कार्की, सरगम पराजुली, शरण खत्री मृदुल, नगेन्द्र खत्री, चिन्तामणि पोख्रेल, धिरेन खिम्बुले, खगेन्द्र खड्का, निरन राई, गुणराज पराजुली,हरि कुमार मगरलगायतले सिर्जना वाचन गर्नुभएको थियो ।
प्रतिष्ठानले हरेक बर्ष साहित्य, कला र संगीतमा योगदान गर्नु हुने ब्यक्तित्वलाई सम्मानित गर्ने त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष सुवास विभासले बताउनुभयो । प्रत्येक बर्ष प्रदान गरिने भोजपुर प्रतिभा पुरस्कार गत बर्ष लामो समयदेखि भोजपुर मै रहेर साहित्यमा क्रियाशील पुराना कवि शेरबहादुर तामाङ् (मोक्तान भाइ)लाई प्रदान गरिएको प्रतिष्ठानका सचिव घमचन्द्र दाहालले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts