
हेटौंडा । अविरल वर्षापछि गएको पहिरोका कारण मकवानपुरको केही स्थानमा सडक अवरुद्ध भएको छ ।
शनिबार दिउँसोदेखि परेको अविरल वर्षाको कारण पहिरो खस्दा कान्तिकोकपथ सडक र भैंसे–भिमफेदी सडक अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका–८ कालोपहिरो, बकैया गाउँपालिका – १२ मानेघुम्ती, ठिंगनबजार, चौताराभिर, बकैया–११ आहालेगाँउ, खोरभन्ज्याङ स्थित कान्तीलोकपथ सडकखण्ड पहिरोका कारण पूर्णरुपमा ठप्प भएको छ ।
यता मकवानपुरको भिमफेदी गाउँपालिका–४ रातोमाटे स्थित भैंसे–भिमफेदी–काठमाडौं सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बाटो खुलाउन सडक विभागसँग समन्वय भईरहेको र पहिरो पन्छाउन अन्दाजी २ घण्टा समय लाग्ने प्रहरीले बताएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच