
काठमाडौं । काभा नेसन्स लिगको उद्घाटन खेलमा टोली नेपालले श्रीलंकाविरुद्ध खेल्ने भएको छ । नेपाल भलिबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेसन्स लिगको तयारी पूरा भएको जानकारी दिएको हो । यही साउन १७ गतेदेखि सुरु हुने लिगमा नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
सात दिनसम्म चल्ने लिगको दोस्रो खेलमा नेपालले साउन १८ गते भारतसँग, साउन २० गते मालदिभ्स र साउन २१ गते नेपालले इरानविरुद्ध खेल्नेछ । राउण्ड रोविन लिगपछि अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुनेछ । फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछ ।
शुक्रबारको पत्रकार सम्मेलनमा लिगको ट्रफीसमेत सार्वजनिक गरिएको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ट्रफी सार्वजनिक गर्नुभएको थियो । लिगका लागि संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा २१ वटा उपसमिति गठन भएको छ ।
लिगमा आयोजक नेपालसहित श्रीलंकासहित इरान, भारत र मालदिभ्स खेल्नेछन् । अरुणा शाहीको कप्तानीमा रहेको नेपालले नेसन्स लिगकै तयारीका लागि रसियासँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । शारीरिक रूपमा अग्ला र अनुभवी टोलीविरुद्ध खेल्दा नेपालले आफ्नो कमजोरीहरू पत्ता लगाउने अवसर पाएको थियो । यस्तै नयाँ कुरा सिक्ने अवसरसमेत मिलेको थियो ।
नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले ५० दिनदेखि टिमको तयारी भईरहेको र रसियन टिमसँगको मैत्रीपूर्ण खेलबाट कमीकमजोरी सुधार गर्ने अवसर भएको सुनाउनुभयो । खेलाडीको उत्साह र कन्फिडेन्स लेभल धेरै बढेको पनि प्रशिक्षक भट्टले बताउनुभयो । उहाँले नेपाली टिमले ट्रफी उचाल्ने आशा भएको बताउनुभयो ।
होम कोर्ट र घरेलु समर्थनले नेपाललाई फाईदा पुग्ने उहाँले बताउनुभयो । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले रसियन टिमसँगको मैत्रीपूर्ण खेलबाट नेपालमा भलिबलको क्रेज कति छ भनेर फेरि देखाएको बताउनुभयो ।
सचिव श्रेष्ठले काभा नेसन्स लिग नेपालको लागि महत्वपूर्ण प्रतियोगिता भएकाले सबैलाई सपोर्ट गर्न आग्रह गर्नुभयो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईसकेको भलिबल संघले जनाएको छ ।
ट्रफी अनावरण गर्दै एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले रसियन टिमसँगको मैत्रीपूर्ण खेल सफलतापूर्वक सम्पन्न भएको भन्दै काभा वुमन्स नेसन्स लिगमा विजेता बन्न शुभकामना दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच