धादिङ । धादिङको थाक्रे गाउँपालिका-१० केवलपुरमा ३ वटा चितुवा मृत अवस्थामा फेला परेका छन् ।
गढीस्थित अदुवाबारीमा दुईवटा र मकैबारीमा एकवटा चितुवा मृत अवस्थामा भेटिएको हो। दुई वटा एकै ठाउँमा र एक वटा छुट्टै गरी तीन वटा चितुवा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
शिकार गर्ने सिकारीहरुले चितुवा मारेको हुन सक्ने प्रहरीको अनुमान छ । घाँस काट्न गएका वेला स्थानीयले चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।







