
काठमाडौं । निर्देशक राजु गिरीले चलचित्र ‘ईश्वर’मा प्रेम, रोमान्स र एक्सन रहेको बताउनुभएको छ । ईश्वर भन्नासाथ प्रायले भगवान् सम्झन्छन् । तर, चलचित्रमा ईश्वर एउटा चरित्रको नाम मात्र भएको उहाँको भनाइ छ ।
‘एउटा इमानदार प्रहरीले आफ्नो कर्तव्य निर्वाह गरिरहँदा एक नेताको पावरले जागिर छोड्नुपर्ने भएपछिको परिदृश्य चलचित्रमा छ’, गिरीले भन्नुभयो, ‘यो कर्मसियल चलचित्र हो ।’ ‘प्रहरी पेशाबाट अलग्गिएपछि ईश्वर पात्रले गाउँमा बर्दी बिनाको प्रहरी भएर काम गर्छ’, गिरीले थप्नुभयो, ‘ऊ भ्रष्टाचारी, घुसखोरीको विरुद्ध आवाजसमेत उठाउँछ ।’ चलचित्रमा समाजमा घटिरहेका राजनीतिक, भ्रष्टाचार, समाजमा बढ्दो जातीय छुवाछूतविरुद्धको कथासमेत रहेको गिरी सुनाउनुहुन्छ ।
निर्देशक गिरी ‘ईश्वर’ प्रत्येक जनता र नेताले हेर्नुपर्ने चलचित्र रहेको जिकिर गर्नुहुन्छ । ‘जनताले नेतालाई कसरी सुधार्छन् भन्ने बुझ्न यो चलचित्र हेर्नुपर्छ’, उहाँ थप्नुहुन्छ, ‘मलाई फिल्मको कन्टेन्ट चित्त बुझेको हो ।’ ‘ईश्वर’ आगामी शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउँदै छ । निर्देशक गिरीले यो चलचित्र आफ्नो करियरकै राम्रो भएको दाबी गर्नुभयो ।
चलचित्रमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईं, रविन्द्र झा, कृष्टि गुरुङ, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायत कलाकारको अभिनय छ । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई हरिबहादुर थापाले निर्माण गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच