काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (इसान) ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । इसानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर चालु आर्थिक वर्षको वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । संघले चालु आर्थिक वर्षमा कलेज प्रतियोगितादेखि प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रम आयोजना र सहभागिता जनाउने जनाएको छ ।
सार्वजनिक क्यालेन्डरअनुसार इन्टरकलेज च्याम्पियनसिप भदौमा, बागमती च्याम्पियनसिप असोजमा, थाइल्याण्डमा मंसिरमा हुने एसिया मार्सल आर्ट एण्ड इण्डोर गेम्समा सहभागिता हुने, इसानको राष्ट्रिय च्याम्पियनसिप माघमा, ई-स्पोर्ट्स अवार्ड चैतमा, एसियन ई-स्पोर्ट्स चैत-वैशाखमा र कोशी च्याम्पियनसिप आसन्न जेठमा सञ्चालन गर्ने तालिका छ ।
संघका अध्यक्ष अञ्जन धमलाले खेल र खेलाडी विकासको मुख्य आधार नै सम्बन्धित खेलको व्यवस्थित क्यालेण्डर रहेको उल्लेख गर्दै खेलाडीलाई पर्याप्त प्रतियोगिता दिन संघ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ई-स्पोर्ट्सबारे नेपाली समाजमा केही भ्रमपूर्ण बुझाइ रहेको उहाँको भनाइ थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा