मकवानपुर । मकवानपुरमा सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मकवानपुरको बकैया गाउँपालिका-१२ चालिसे डाँडा स्थित फास्ट्याकको सुरुङमार्ग भित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जनाकाे मृत्यु तथा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार,बुधबार साढे ३ बजेको समयमा सुरुङमार्ग भित्र काम गर्ने क्रममा ढुङ्गाले लागी जिल्ला बारा निजगढ घर भई हाल १२ सुरुङमार्गमा काम गरी बस्ने २८ वर्षीय बिमल थिङ घटनास्थल मृत्यु भएको हो।
निजसँगै काम गर्ने तनहुँ घर भई सुरुङमा काम गरी बस्ने २८ वर्षीय राजु बि।क। ढाडँ र कम्मरमा चोट अबस्था गम्भिर रहेको उपचारको लागी हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts